Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मक्का सुरक्षा सम्झौतामा सहभागी देश र इरानबीच तेहरानमा वार्ता सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | रासस


मक्का सुरक्षा सम्झौतामा सहभागी तीन देश र इरानबीच सोमबार तेहरानमा वार्ता सुरु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

यो बैठक पाकिस्तानको प्रस्तावमा आयोजना गरिएको हो। बैठकमा इरान, पाकिस्तान, साउदी अरब र टर्की सहभागी छन्। यसमा ‘क्षेत्रीय सहयोग, इरानविरुद्ध अमेरिकी–इजरायली आक्रमण र त्यसका परिणाम’ लगायतका विषयमा छलफल हुने इरानी राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार मध्यपूर्वमा कुनै पनि तनाव वृद्धि रोक्न आवश्यक रहेको बताउनुभएको छ। 

साउदी अरब, टर्की र पाकिस्तानका वरिष्ठ अधिकारीहरू इरानमा वार्ता गर्न भेला भउका समय कायरोमा आयोजित पत्रकार सम्मेलनमा इरानसँग सम्झौता र अमेरिकाबाट बढ्दो धम्कीबारे सोधिएको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “इरानमाथि व्यापक सैन्य आक्रमण र त्यसको प्रतिक्रियास्वरूप खाडी मुलुकहरूमाथि इरानबाट हभइरहेको वा हुनसक्ने व्यापक सैन्य आक्रमणको जोखिमलाई जुनसुकै मूल्यमा पनि रोक्नुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan