Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अवैध लागूऔषध सहित चार जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |

काठमाडौं : काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ८ किलो ६ सय ६६ ग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिकहरू ३३ वर्षीय SIDDHANATH UTTAM र २९ वर्षीय SOMNATH SHANKAR KHADKE रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजद्वारा बैंककबाट नेपाल आएका उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली,    गौरीगंगा नगरपालिका-१ चनौरा दक्षिण टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय १० मिलिग्राम र नगद ११ हजार ७ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २४ वर्षीय रबिन्द्र धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरापलिका-१२ चनौटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय हिमाल थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan