Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार |
newsabhiyan

काठमाडौं, ११ साउन । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ ।

बैंकले “Best Bank in MSME Acceleration”, “Best Performance on Asset Quality”,“Best Performance on Profitability” र “Best Commercial Bank” बिधामा उक्त सम्मान प्राप्त गरेको हो ।

भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्शद्धारा आयोजित चौथो इमर्जिङ एसियाबैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द तथा बित्त तथा योजना बिभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कारहरू ग्रहण गर्नुभएको थियो ।

यी अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरूले बैंकको व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तरता तथा नाफामुखी कार्यसम्पादनमा देखिएको नतिजा र साना तथा मझौला उद्यमको प्रबर्दनमा बैंकको दृढ संकल्पको प्रतिबद्धतालाई जोड दिन्छ ।

यस अवसरमा हामीप्रति निरन्तर विश्वासका साथ सहकार्य गर्नुहुने हाम्रा आदरणीय सेयरधनी तथा ग्राहकहरूमा हार्दिक आभार व्यक्त गर्दछौं ।

साथै, हाम्रो उन्नति र सफलतामा महत्वपूर्ण भूमिका खेल्नुहुने नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।

यसले हामीलाई हाम्रा सेवाहरू अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउन प्रेरित गर्दछ ।

नेपालएसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङसेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिककार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan