अठचालीस करोडभन्दा बढी राजस्व सङ्कलन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १२ मंगलबार | (रासस)
विराटनगर, १२ साउनः यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२÷८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ ।
रुट पर्मिटबाट रु एक करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट रु ७५ लाख ५१ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु एक लाख २८ हजार ३००, चालक अनुमति पत्र प्रदानबाट रु आठ करोड ५३ लाख ३३ हजार ४७५, दण्ड जरिवाना र जफतबाट रु एक लाख तीन हजार १०० र सवारी साधान करबाट रु ३८ करोड ५२ लाख ७९ हजार ४८२ जम्मा भएको हो सूचना अधिकारी लेखप्रसाद आचार्यले राससलाई बताउनुभयो ।
