Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ५ मंगलबार | (रासस)

विराटनगर, ५ साउन : कोशी प्रदेशमा लैङ्गिक हिंसा र समानता तथा सामाजिक समावेशीकरणको अवस्थाबारे आजदेखि विराटनगरमा प्रदेशस्तरीय सम्मेलन सुरु भएको छ ।

    सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सम्मेलनको उद्घाटन गर्दै  प्रदेश सरकारले लैङ्गिक हिंसा विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले किशोरीहरुको सशक्तीकरण, अपाङ्गता लक्षित कार्यक्रम प्रदेशका सबै स्थानीय तहमा सञ्चालन भइरहेको पनि बताउनुभयो ।

    मन्त्रालयका सचिव उद्धव रिजालले लैङ्गिक हिंसा निवारणका लागि सबै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गरी रु एक÷एक लाख बजेट चालु आर्थिक वर्षदेखि उपलब्ध गराइएको बताउनुभयो ।

    कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा १३७ वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुको सहभागितामा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कोशी प्रदेशमा लैङ्गिक हिंसा ( जीवीभी) र लैङ्गिक समानता र सामाजिक समावेशीकरण (जेसी) को अवस्था, विश्लेषण र समीक्षा हुने मन्त्रालयकी सहायक सचिव दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो । 

    सम्मेलनमा सबै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुले पालिकागत रुपमा समूहगत प्रस्तुति रहनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan