हिजोदेखि अवरुद्ध मुग्लिन–काठमाडौं र मुग्लिन–नारायणगढ सडक सञ्चालनमा
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १ शुक्रबार |
काठमाडौं । हिजोदेखि अवरुद्ध रहेको मुग्लिन–काठमाडौं तथा मुग्लिन–नारायणगढ सडक आज बिहानैदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
ट्राफिक प्रहरीका अनुसार सडकमा आएको अवरोध हटाइएपछि दुवैतर्फ सवारीसाधनको आवागमन सुचारु भएको हो।
यात्रुलाई भने यात्रा अघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।
