Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रूपन्देही क्रिकेट सङ्घमा थापा पुनः निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ जेठ २६ मंगलबार | (रासस)

सिद्धार्थनगर (भैरहवा), २६ जेठः रूपन्देही जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित हुनुभएको छ ।

सङ्घको ३०औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ६९ मत प्राप्त गरी थापा निर्वाचित हुनुभएको हो ।

यसअघिको निर्वाचनमा पनि थापासँगै पराजित हुनुभएका उहाँका निकटतम् प्रतिस्पर्धी शक्तिप्रसाद गौचनले यसपटक ४९ मत प्राप्त गर्नुभएको थियो । सो निर्वाचनमा १२६ मतदातामध्ये ११९ मत खसेको थियो ।

मुख्य निर्वाचन अधिकृत कुलमणि ज्ञवालीका अनुसार उपाध्यक्षमा खेमराज भुसालले ६९ मत, सचिवमा उदयकुमार मल्लिकले ६८, कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्रीले ७७ र महिला सदस्यमा उमा अधिकारीले ७७ मत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्य पदमा प्रशान्तविक्रम मल्ल, नीरजप्रताप खाँण, पुनित पोखरेल, विजयसिंह ज्ञवाली, मनोज भण्डारी, अन्तिम थापा, ज्वालेशप्रसाद प्रधान, भुवन पाण्डे, ताराप्रसाद पाठक र कृष्णकुमार कुँवर निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदमा निर्वाचित हुनुभएपछि थापाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भन्नुभयो, “यसअघिको अनुभवलाई समेटेर नवनिर्वाचित टिमसहित सम्पूर्ण शुभचिन्तक तथा खेलप्रेमीको साथ सहयोग लिएर समग्र क्रिकेट खेलको विकास एवं विस्तारमा समर्पित हुनेछु ।

भैरहवा–बुटवल क्षेललाई क्रिकेटको हबका रूपमा विकास गर्ने सोचसहित रूपन्देही जिल्लाको क्रिकेटको विकास, खेलाडी उत्पादन तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर नवनिर्वाचित सङ्घ अघि बढ्ने स्पष्ट गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan