Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रास्वपा रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ जेठ २५ सोमबार | (रासस)

त्रिवेणी (रुकुम पश्चिम), २५ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिम जिल्ला सभापतिमा द्रोण खड्का निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै खड्का निर्वाचित हुनुभएको हो ।

निर्वाचनमा खड्काले ४२ मत  तथा चन्दले ३० मत प्राप्त गर्नुभयो । कुल ११३ जना मतदाता रहेकामा ७३ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिमा २२ मत प्राप्त गरी रिमप्रसाद शर्मा निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी रवीन्द्रकुमार विष्टले २० मत प्रात गर्नुभएको थियो । 

त्यस्तै, सचिव पदमा दीपेन्द्रराज विष्टले ५८ मत र निटक प्रतिस्पर्धी नवराज मल्ले १४ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ ।

सहसचिवमा प्रेम बाँठा मगर तथा सदस्यमा नीरज गिरी, यामराज डाँगी , लोकबहादुर गिरी, विनोद बटाला र रमेश गिरी विजयी हुनुभएको छ । 

त्यस्तै, महिला सदस्यमा कल्पना विष्ट र सुनिता केसी निर्विरोध निर्वाचित हुनुभएको छ  । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई रास्वपा कर्णाली प्रदेशका महामन्त्री ललित चन्दले शपथ दिलाउनुभयो । नवनिर्वाचित अध्यक्ष खड्काले जिल्लामा रास्वपालाई पहिलो पार्टीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan