रास्वपा अर्घाखाँचीको सभापतिमा पराजुली निर्वाचित
न्यूजअभियान | प्रकाशित मिति : २०८३ जेठ २५ सोमबार | (रासस)
अर्घाखाँची २५ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको जिल्ला सभापति पदमा सीता पराजुली निर्वाचित हुनुभएको छ ।
सन्धिखर्कमा भएको जिल्ला अधिवेशनले पराजुलीको सभापतित्वमा नयाँ कार्य समितिको निर्वाचित गरेको हो ।
निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पछि पार्दै उनी विजयी हुनुभएको हो ।
