नेपाललाई हिन्दुराष्ट्र कायम गराउनका लागि समग्र हिन्दुबादीहरु एक (Video Report)
काठमाणडाै । नेपाललाई हिन्दुराष्ट्र कायम गराउनका लागि समग्र हिन्दुबादीहरु एक होऔं भन्ने नाराका साथ आन्दोलन सशक्त बनाउने उद्देश्यले आज बृहत शभा खुल्लामञ्चमा चलिरहेको छ । सभामा विभिन्न संघ,संस्थाका धर्मगुरुहरुको उल्लेख्य उपस्थिती रहेको छ ।
यस सभामा उपस्थित सभाका अगुवाहरु नारा, जुलस सहित संविधानसभा नयाँ बानेश्वरमा आउने कार्यक्रम रहेको बताईएको छ । सरकारले नयाँ संविधान निर्माणको क्रममा ९४ प्रतिशत भन्दा बढि ओमकार परिवार बसोबास गर्ने मुलुकलाई ‘हिन्दु राष्ट्र’ बनाउनुपर्ने माग गर्दै आमरण अनसनमा बसिरहेका छन् ।
राष्ट्रिय हिन्दु युवामञ्चले आयोजना गरेको आमरण अनसनको तेह्रौ दिन पुग्दासम्म सरकारी पक्षवाट कुनै वास्ता नगर्दा अनसनकारीहरुको स्वास्थ्य स्थिती एकदमै जटिल बनेको छ । नेपाल ‘हिन्दु राष्ट्र’ होस् भन्दै ४ यूवा आमरण अनसनको बसेको आज तेह्रौ दिन पूगेको छ ।
आमरण अनसनमा प्रेम निधि कडेल, सागर कटुवाल, कमल जोशी र खेमनाथ आचार्य बसेका छन् । अनसनकारीलाई सलानपानी चढाइएको छ ।
- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=8413#sthash.SxwjfVll.dpuf
