Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौँ विस्थापीत : अधिकारीहरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस-एएफपी)

एथेन्स (ग्रिस), १४ साउन : ग्रिसको क्रेट टापुमा रहेको पर्यटक रिसोर्टमा आगलागीको खतरा बढ्दै जाँदा हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको स्थानीय अधिकारीले बताएका छन् । 

प्रभावित क्षेत्रका लगभग आठ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेथिम्नो क्षेत्रका उप गभर्नर मारिया लियोनीले सरकारी टिभी ईआरटीलाई बताउनु भएको छ ।

बुधबार देखि सुरु भएको आगोले हाल सम्म दुई जना अग्नि नियन्त्रकको ज्यान लिएको उल्लेख गरिएको छ भने आगलागी साँझमा दिशा परिवर्तन गर्नुअघि प्रभावित गाउँको एक किलोमिटर भित्र पुगे पछि उक्त स्थनमा खतरा बढेकाले उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्त्रण  गर्ने निर्णय गरिएको जनाइएको छ ।

आगलागीले घर, कृषि सुविधा र जनावरहरू समेत जलेको अनुमान गरिएको छ यद्यपी आगलागी जारी रहेकाले मृतकको सङ्ख्या अझै एकिन नभएको लियोनीले बताउनु भएको छ । 

दुई जना अग्निशामक क्रया भ्रीसी गाउँ नजिकैको पाहाडी सडकमा फसेको अवस्था रहदा र हावाको दिशा परिवर्तन हुँदै जाँदा आगोले जलेर उनीहरुको मृत्यु भएको जनाइएको छ । 

पेलोपोनिस प्रायद्वीपको गिथियो नजिकै छुट्टै आगो निभाउने प्रयासको क्रममा अर्को एक जना अग्नि नियन्त्रकको मृत्यु भएको जनाइएको थियो । 

अग्निशामक विभागले दक्षिण–पश्चिमी क्रेटको रेथिम्नो क्षेत्रमा २०० भन्दा बढी अग्निशामक र ५३ वटा फायर इन्जिनहरु सञ्चालन गरेको जनाइएको छ ।  

तटरक्षकका प्रवक्तालाई उदृत गर्दै एएफपीले एगिया ग्यालिनीमा चार वटा गस्ती डुङ्गाहरू अतिरिक्त निकासीमा मद्दत गर्न तयार रहेको जनाएको छ । तर अवस्था अत्यन्त कठिन भएको जनाइएको छ ।

  ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आगलागी नियन्त्रण प्रयासमा ज्यान गुमाउने अग्निशामकको कार्यको प्रशंसा गर्दै उनीहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ  ।
 
लामो खडेरी, उच्च तापक्रम र तीव्र हावाका कारण ग्रिसले हरेक वर्ष जसो गर्मीमा विनाशकारी जङ्गली आगोको सामना गर्ने गरेको जनाइएको छ ।

नागरिक सुरक्षा मन्त्रालयले क्रेट, ग्रेटर एथेन्स क्षेत्र, पूर्वी पेलोपोनिस र अधिकांश एजियन टापुहरू सहित बिहीबारका लागि धेरै क्षेत्रहरूलाई अधिकतम आगोको सतर्कता कायम राखेको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan