Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |

काठमाडौं, १४ साउन : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीकाठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने संखुवासभा घर भएका ५९ वर्षीय दुर्गा बहादुर भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट २०८१ जेठ १७ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद र १७ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका दुर्गा बहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-‍६ बौद्धबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

बैंकिङ कसुर मुद्दामा संलग्न रहेका चार जना पक्राउ
बैंकिङ कसुरमा मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तिनकुने बस्ने बैतडी घर भएकी ४० वर्षीया रश्मी पन्त, रूपन्देही सिद्धार्थनगर नगरपालिका-८ बस्ने गुल्मी घर भएका ४४ वर्षीय सन्तोष ज्ञवाली, रूपन्देही सिद्धार्थनगर नगरपालिका-७ बस्ने गुल्मी घर भएका ४१ वर्षीय राजेन्द्र श्रेष्ठ र रूपन्देही तिलोत्तमा नगरपालिका-४ बस्ने ४८ वर्षीय शिशिर पौडेल रहेका छन् ।

उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan