Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ, ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग प्रकरणमा सीआईबीको अनुसन्धान तीव्र

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |
newsabhiyan

काठमाडौं, १४ साउन ।  ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग प्रकरणमा रश्मी पन्त पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

सीआईबीका अनुसार रुपन्देहीस्थित एसियन भिलेज रिसोर्टका नाममा प्रवाह गरिएको ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको आशंकामा अनुसन्धान भइरहेको छ। सोही प्रकरणमा रिसोर्टका अध्यक्ष शशिधर शर्मा लाई गत असार ३० गते नै पक्राउ गरिएको थियो।

अनुसन्धानका क्रममा कर्जा स्वीकृति तथा प्रवाह प्रक्रियामा रश्मी पन्तको भूमिका रहेको आशंकापछि उनलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। हाल उनीमाथि कर्जा दुरुपयोगसम्बन्धी अभियोगमा थप अनुसन्धान भइरहेको छ।

सीआईबीले घटनासँग सम्बन्धित कागजात, वित्तीय कारोबार तथा संलग्न व्यक्तिहरूको भूमिकाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan