भैरबको मेकिङ हलिउड , बलिउड बराबरको : निखिल उप्रेती ( भिडीयो हेर्नुस् )
बिकास लामिछाने, काठमाडौँ । लामो समयदेखि दर्शकले चलचित्रमा देख्न नपाएका नायक निखील उप्रेतीलाई अब दर्शकले चलचित्र 'भैरब'मा देख्न पाउने भएका छन् । उत्कृष्ट अभिनयसंगै एक्सन स्टार निखिल उप्रेती चलचित्र निर्माता तथा निर्देशक बन्दै नेपाली चलचित्र क्षेत्रमा पुनरागमन गर्दैछन् ।
चलचित्र पिजडाँमा सात तलाबाट हाम फालेर डेब्यु गर्दे आफ्नै छुट्टै क्रेज बनाउन सफल अभिनेता उप्रेती चलचित्र भैरबमा पनि थुप्रै एक्सन रहेको उनको भनाई छ । चलचित्र छायांकनको समय धेरै चोटपटक समेत लागेको उनि बताउछन् । चलचित्र भैरब भदौ ११ देखि देशभर प्रदर्शनमा आउदैछ । हाल पोष्ट प्रोडक्सनको काममा रहेको यो चलचित्रमा फरक प्रविधि र अभिनय शैली रहेको दाबी नायक तथा निर्देशक निखिल गर्छन् । उनि भन्छन् चलचित्र भैरबमा सबै कुरा नयाँ छ। यहाँ एक्सनदेखि हरेक कुरामा नयाँ प्रविधि र शैली छ।
भारत र नेपालको बोर्डरमा हुने चलखेलको कथामा बनेको यो चलचित्रको सुटिङ तराईका बिभीन्न स्थानमा भएको हो । करीब ८० दीन लगायर छायांकन गरीएको चलचित्र भैरबको यतिबेला प्रोमो र गीत - संगीतको चर्चा भईरहेको छ । सधै फरक – फरक भूमिकामा देखीन रुचाउँने निखील अब भने कमेडी भूमिकामा देखीन चाहन्छन् । चलचित्र निर्देशनको बारेमा निखील भन्छन् - म हलिउड र बलिउड चलचित्र संग आफ्नो भैरब लाई तुलना गर्छु । आफुले कथा लेखेको कारणले चलचित्रलाई न्याय होस भनेरै निर्देशन गरेको हु ।
यस्तै उनि भन्छन् - एकचोटी फेरी म आउदैछु, तपाईहरु माझँमा नयाँ सोच, योजना र उत्साह अनि प्रयोग लिएर । अब निरन्तर नेपाली फिल्म क्षेत्रमा लाग्नेछु । चलचित्र क्षेत्रको लागी केही गरौ भनेर यति ठुलो जोखीम लीएको छु तपाइले साथ दिनु भयो भने मात्र म सफल हुन्छु । हाम्रो चलचित्रको मेकिङ हलिउड र बलिउड बराबरको छ उनि भन्छन् ।चलचित्र 'भैरब' दक्षीण भारतीय चलचित्र बाट कपी छ भन्ने सुनिन्छ नी ? कपी हैन प्रभाबित छ । हो मैले चलचित्रमा कती दक्षीण भारतीय चलचित्र र हलिउड चलचित्रका एक्सन राखेको छु ।
तर कथा होइन । भैरब पुण नेपाली कथामा निर्माण भएको चलचित्र हो । सीमा क्षेत्रमा हुने गरेको तस्करी, भ्रष्टाचार, प्रहरीको समर्पण र सरकारको भूमिकाको बिषयमा चलचित्र भैरब निर्माण गरिएको हो । चलचित्रमा निखिलका खतरनाक एक्शन स्टण्टहरु समाबेश गरीएको छ ।
चलचित्रमा निखिलका अलावा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाललगायतले अभिनय गरेका छन् । रतन दारुवाला निर्माता रहेको फिल्ममा रामजी लामीछानेको कोरियोग्राफी र हिमाल केसीको द्धन्द्ध छ । चलचित्रको प्रोमो लाई हाल सम्म दई लाख भन्दा बढी दर्शकले युटुबमा हेरिसकेका छन् ।
( भिडीयो हेर्नुस् )
