बैंकिङ कसुरमा पक्राउ परेका शंकरलाल अग्रवाल अस्पताल भर्ना, चार दिनदेखि उपचाररत
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेपछि अस्पताल भर्ना भएका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका अग्रवाल विगत चार दिनदेखि ललितपुरको जावलाखेलस्थित हेलियल अस्पतालमा उपचाररत रहेको बताइएको छ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका अग्रवाललाई सीआईबीले पक्राउ गरेको हो। पक्राउपछि उनको स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राखेर उपचार भइरहेको जनाइएको छ।
व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष अग्रवालमाथि बैंकिङ कसुरसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढिरहेको छ। प्रहरीले उनलाई पक्राउ गरी कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाएको जनाएको छ।
अग्रवालको पक्राउसँगै बैंकिङ कसुरसम्बन्धी मुद्दामा लामो समयदेखि फरार रहेका ठूला व्यवसायीमाथि पनि अनुसन्धान र कानुनी कारबाही अघि बढ्न थालेको विषय चर्चामा आएको छ।
अग्रवाललाई पछिल्लो समय नख्खु कारागार राखिएको थियोे ।
