राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेन शाहको शीतल निवासमा भेट, समसामयिक राजनीतिक र सुरक्षा अवस्थाबारे छलफल हुने
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |
काठमाडौं । प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका छन्।
प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्ति–सुरक्षा, समसामयिक राष्ट्रिय विषय तथा सरकारका आगामी कदमबारे छलफल हुने अपेक्षा गरिएको छ।
हालै देशका विभिन्न स्थानमा विकसित सुरक्षा चुनौती, सामाजिक तनाव तथा सरकारका निर्णयहरूबारे दुवै नेताबीच परामर्श हुने स्रोतले जनाएको छ।
भेटपछि राष्ट्रपतिको कार्यालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिक जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ।
