Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |
newsabhiyan

जनकपुरधाम, १४  साउन : सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्युु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा आज जारी आदेशअनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण, आन्दोलन तथा हुलदङ्गा भइ शान्ति भङ्ग हुन सक्ने देखिएको भन्दै जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो ।

आदेशअनुसार कफ्र्यु लागू हुने क्षेत्र पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ को कहरहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चौर्हवा चोकसम्म, उत्तरतर्फ गोलबजार वडा नम्बर ६ को सैनिक चोकदेखि दक्षिणतर्फ तथा वडा नम्बर ४ स्थित राजकीय प्राविधिक बहुमुखी क्याम्पस वरपरको क्षेत्र तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालयले साउन १४ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू रहने जनाएको छ ।

प्रशासनले जारी आदेशको पूर्ण पालना गरी जिल्लाको शान्ति र सुरक्षा कायम गर्न सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ ।

आदेश उल्लङ्घन गरी कुनै गतिविधि सञ्चालन गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ भने प्रभावित क्षेत्रमा निगरानीसमेत बढाइएको छ ।

स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan