Friday 31st of July | २०८३ श्रावण १५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चौध लाख बढीका भन्सार छलीका सामान बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस)

भद्रपुर (झापा), १४ साउनः जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका तथा निकासी गर्न लागिएका करिब रु १४ लाख ५० हजार बराबरका सामान बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट सञ्चालित नियमित सुरक्षा निगरानी, गस्ती तथा विशेष जाँच अभियानका क्रममा साउन १ गतेदेखि १४ गतेसम्ममा रु १४ लाख ५२ हजार ७८० बराबरका अवैध रूपमा भन्सारबाट भित्र्याइएका चोरीनिकासीका सामान बरामद गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बरामद गरिएका कपडासहित विभिन्न अवैध सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ । प्रहरीले सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रणका लागि जिल्लाभर सुरक्षा गस्ती र जाँचलाई थप कडाइ गरिएको जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan