Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | (रासस)

कर्णाली, १४ साउनः सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेतका ६० वर्षीय रत्न विकको मृत्यु भएको जानकारी दिनुभयो । 

    विकलाई सोही वडाको धुलियाबिट नजिकै भित्री सडक खण्डमा कप्र ०२००१ स १०९४ नं को अटोले आज बिहान ठक्कर दिएको थियो । अटोको ठक्करले टाउको र ढाडमा चोट लागेका उहाँलाई उपचारका लागि कर्णाली केयर सुर्खेतमा लगिएको थियो । त्यहाँ नसकेर नेपालगञ्ज नर्सिङहोम र त्यहाँबाट पनि भारतको लखनउ सिटी अस्पतालमा पठाइएको थियो । 

    लखनउ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहाराले बताउनुभयो । उहाँका अनुसार चालक २३ वर्षीय राजु सुनार र अटो प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan