Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानन्यायाधीशद्वारा प्रमुख निर्वाचन आयुक्तको शपथ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | रासस

काठमाडौँ, १४ साउन: प्रधानन्यायाधीश डा मनोज शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
      
    राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्तिलगत्तै सर्वोच्च अदालतमा आयोजित एक समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रधानन्यायाधीशबाट शपथ लिएपछि प्रमुख निर्वाचन आयुक्त कार्कीले आयुक्तहरू गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बालाई शपथग्रहण गराउनुभयो ।
 
    संसदीय सुनुवाइ समितिले बुधबार प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । संवैधानिक परिषदद्को सिफारिसमा संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई नियुक्त गर्नुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan