Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार |

काठमाडौं, १४ साउन : अभद्र व्यवहार गरेको कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२५ बस्ने मकवानपुर घर भएका ३४ वर्षीय राज घिसिङ र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने सिन्धुली घर भएका ४१ वर्षीय दिपक पहाडी रहेका छन् । 

काठमाडौं महानगरपालिका-१२ टेकुस्थित सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारण व्यक्तिहरूलाई गाली गलौज गर्ने, धाकधम्की तथा दु:ख हैरानी दिई अभद्र व्यवहार गर्ने तथा सवारी आवागमनमा समेत बाधा अवरोध पुर्यालएको भन्ने सूचनाको आधारमाकाठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan