Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार | (रासस)

विराटनगर, १३ साउनः सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा विगत तीन दिनदेखि दुई पक्षबीच भएको विवाद र तत्पश्चात्को सिर्जित अशान्त परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीको ध्यानाकर्षण भएको छ ।

पार्टीको प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले आज जारी गर्नुभएको विज्ञप्तिमा युगौँदेखि यहाँका सबै जाति, धर्म र समुदायबीच कायम रहँदै आएको आपसी भ्रातृत्व, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै  राष्ट्रिय एकताको बलियो आधार भएको उल्लेख छ ।

कुनै पनि बहानामा सद्भाव खलबल्याउने, धार्मिक धुर्वीकरण बढाउने र नागरिकको जीउधनमाथि हमला गर्ने कार्यको एमालेले घोर भत्र्सना गर्ने सो विज्ञप्तिमा उल्लेख छ ।

कोशी प्रदेश कमिटीले घटनामा परी ज्यान गुमाउने देवानगञ्जका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

झडपका क्रममा घाइते भएका सबै नागरिकको शीघ्र स्वास्थ्य लाभको समेत प्रदेश कमिटीले कामना गर्नुका साथै घटनाको निष्पक्ष छानबिनको माग गरेको छ ।

हिंसा, र द्वन्द्वले कसैको पनि हित नगर्ने उल्लेख गर्दै संवाद र आपसी समझदारीबाटै सबै समस्याको समाधान खोज्न तथा सामाजिक एकता कायम राख्न प्रदेश कमिटीका अध्यक्ष खतिवडाले सम्पूर्ण पक्षलाई आह्वान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan