Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ : मन्त्री पोखरेल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार | (रासस)
newsabhiyan

जनकपुरधाम, ११ साउन : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताउनुभएको छ । 

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको आज निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरुसँगको छलफलमा उहाँले समयको मागसँगै क्याम्पसहरुले शिक्षा क्षेत्रको संचरनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाइमा जोड दिनुपर्छ भन्नुभयो । 

पुरानो क्याम्पस भएकाले थुप्रै समस्या हुनु स्वभाविक भएको उल्लेख गर्नुहुँदै मन्त्री पोखरेलले क्याम्पसले समयअनुसार पठनपाठनमा सुधार ल्याउँदै परीक्षाका क्रममा हुने अमर्यादित गतिबिधि रोक्न निर्देशन समेत दिनुभयो । 

क्याम्पसको भौतिक संरचनाको सुधारका लागि तत्काल लेखेर पठाउन निर्देशन दिनुहुँदै उहाँले मन्त्रालयबाट हुने सहयोग तत्काल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

क्पाम्पसमा बिलिङ्ग प्रणालीलाई अनलाइन गर्न, क्पाम्पसभित्र सरसफाइमा सुधार ल्याउन र क्याम्पसभित्र रहेको पुस्तकालयमा देखिएको समस्या तत्काल समाधान गर्न समेत निर्देशन दिनुभयो । क्याम्पस प्रमुख प्रा डा वसन्तकुमार कर्णले क्याम्पसको अवस्था, भइरहेको सुधारको प्रयास र योजनाबारे मन्त्री पोखरेललाई अवगत गराउनुभयो । 

सो क्रममा मन्त्री पोखरेलले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुसँग समेत छलफल गर्नुभयो । छलफलका क्रममा विद्यार्थीहरुले क्याम्पसमा खानेपानी, शौचालयको समस्या रहेको, सरसफाइमा सुधार नभएको र पुस्तकालयको अवस्था ठीक नरहेको गुनासो गरेका थिए । 

यसअघि आजै मन्त्री पोखरेल जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सङ्कट मोचन देवशरण रामरती माविका विद्यार्थीहरुलार्य विभिन्न प्रकारको खेलकुद सामग्रीहरु वितरण गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan