बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ७ बिहीबार |
काठमाडौं, ७ साउन : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ बस्ने सर्लाही कविलासी नगरपालिका-८ घर भएका ३० वर्षीय विकाश झा लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतकाठमाडौंबाटउक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेकको हो ।
उनलाईआवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
