एन आई सी एशिया बैंक २९औं वर्षमा प्रवेश, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाइदै
काठमाडौं, ७ साउन । झन्डै तीन दशकअघि शुरु भएको यस एन आई सी एशिया बैंक लिमिटेडले साउन ५ गते सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै २९औं वार्षिकोत्सव मनाएको छ ।
यस लामो यात्रामा बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं विश्वास गर्नुहुने समस्त ग्राहक महानुभावहरु, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, कर्मचारीहरु, व्यवसायीक साझेदारहरु, सम्पूर्ण सरोकारवाला तथा शुभचिन्तकहरुप्रति बैंक अत्यन्त अनुगृहीत रहँदै सादर नमन एवं धन्यवाद व्यक्त गर्दछ ।
मुलुकको आर्थिक समृद्धि तथा सामाजिक विकासको क्षेत्रमा एक अग्रणी बैंकको रुपमा वित्तीय सेवा प्रवाह गरी बैंकले जेजति योगदान गर्न सकेको छ यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ । यहाँहरुको माया र विश्वास नै हाम्रो यो लामो यात्राको शक्ति हो ।
यो विश्वासलाई कायम राख्दै आगामी दिनहरुमा अझ विश्वसनीय, प्रविधिमैत्री, ग्राहकमैत्री र उत्कृष्ट वित्तीय सेवा सहितको अझ धेरै सुदृढ बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।
२९औं वार्षिकोत्सवलाई स्मरणीय बनाउँदै उल्लासका साथ मनाउन बैंकले सप्ताहव्यापी रुपमा मुलुकभर विभिन्न कार्यक्रम तथा सामाजिक कार्यहरु सञ्चालन गरिरहेको छ ।
यसै अवसरमा मिति २०८३/०४/०४ गते श्रावण महिनाको पहिलो सोमबार पारेर पशुपति मन्दिर दर्शन गर्ने भक्तजनहरुको लागि खानेपानी वितरण कार्य सम्पन्न गरेको छ ।
त्यसैगरी, बैंकले नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा मिति २०८३/०४/०५ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा १०१ जना कर्मचारी तथा ग्राहक महानुभावहरुले रक्तदान गरी मानवीय सेवामा योगदान पुर्याउनु भएको छ ।
त्यसैगरी, उक्त दिन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानमा १३ वटा विद्यालय र एक आश्रममा सहयोग उपलब्ध गराएको छ ।
बैंकले कोशी प्रदेशमा ४, बागमती प्रदेशमा ४ र अन्य प्रदेशमा एकएक विद्यालयमा कम्प्युटर, फर्निचर, स्मार्ट बोर्ड, भवनको छाना ट्रस निर्माण, प्रोजेक्टर, वाटर प्युरिफायर, प्रिन्टर, झोला र शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ ।
त्यसैगरी, बैंकले सातै प्रदेशका सांस्कृतिक सम्पदाहरु, मन्दिर, विद्यालय तथा अन्य सार्वजनिक स्थलहरुको संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुर्याउने उद्देश्यले सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
