Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालो झण्डा, विद्यार्थी र कन्सल्टेन्सी सञ्चालकको संयुक्त विरोध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३ आइतबार |
newsabhiyan

भरतपुर । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेललाई आइतबार चितवनमा कालो झण्डा देखाइएको छ।

विद्यार्थी संगठन खारेज गर्ने निर्णय, शिक्षा क्षेत्रमा लगाइएको कर तथा नयाँ शैक्षिक कन्सल्टेन्सी नियमावलीको विरोध गर्दै संयुक्त विद्यार्थी संगठन र कन्सल्टेन्सी सञ्चालकहरूले संयुक्त रूपमा कालो झण्डा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले सरकारको शिक्षा नीति विद्यार्थी र शैक्षिक क्षेत्रमैत्री नभएको आरोप लगाउँदै विवादास्पद निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले विद्यार्थी अधिकारमाथि हस्तक्षेप र निजी शैक्षिक क्षेत्रलाई असर पर्ने नीतिहरू स्वीकार्य नहुने चेतावनी समेत दिएका छन्।

प्रहरीको सुरक्षा व्यवस्थाबीच भएको विरोध प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने नभएको जनाइएको छ। मन्त्री पोखरेल चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका बेला प्रदर्शन गरिएको हो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan