Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अफ्रिकामा भानु जयन्ती भब्य रुपमा अन्तर्राष्ट्रिय खुल्ला कविता प्रतियोगिता सहित मनाइयो , जमुना भट्टराई प्रथम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार २९ सोमबार |
newsabhiyan


नैरोबी, केन्या ।

२१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरले अन्तर्राष्ट्रिय  कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा अमेरिकाकी कवियित्री जमुना भट्टराई प्रथम, द्वितीय  सिन्धु पाैडेल ( नेपाल ),  तृतीय महेन्द्र भट्टराई  ( सेसेल्स ) भएका छन् भने क्रमशः कवि मधु घिमिरे( अमेरिका)  र कवियित्री बिष्णुमाया कट्टेल ( सिक्किम , भारत ) ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा उत्कृष्ट १० कविताहरू प्रतियाेगि कविहरूले वाचन गरेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरका उपाध्यक्ष पासाङ गाेपर्मा शेर्पाकाे अध्यक्षतामा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ  वाग्लेको प्रमुख आतिथ्य, विशेष अतिथि अनेसास केन्द्रीय सल्लाहकार हिक्मत थापा र महासचिव राजु सिटौला को उपस्थिति रहेकोे थियाे । भने कार्यक्रम अनेसास केन्द्रीय उपाध्यक्ष एवम् अनेसास अफ्रिकाका संस्थापक अध्यक्ष गणेश खड्काले  संयाेजन गरेका थिए । 
उक्त कार्यक्रममा प्रमुख अतिथि अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले अनेसास अफ्रिका च्याप्टरले  किलिमन्जारो  प्रकाशन र सम्पन्न  गरेका  अन्य  राम्रा कामहरूकाे प्रशंसा गरेका थिए । विशेष अतिथि अनेसास  सल्लाहकार  हिक्मत थापाले अफ्रिका महादेशीय च्याप्टरकाे उन्नति प्रगतिमा  अनेसास अफ्रिकाका सम्पूर्ण  सदस्यहरूकाे उत्तिकै  योगदान रहेकाे र आगामी दिनहरूमा नेपाली   भाषा साहित्यका लागि अझ बढी योगदान गर्ने अपेक्षा  रहेकोे बताए । साथै अनेसास केन्द्रीय उपाध्यक्ष  गणेश खड्काले च्याप्टर स्थापना कालदेखि हालसम्म गरिएका कार्यहरु  कदापि भुल्न नहुने बताए । कार्यक्रममा अनेसासका केन्द्रिय महासचिव राजु सिटौला , प्रमुख निर्णायक वरिष्ठ कवि सुबिद गुरागाई एवम् निर्णायक मण्डल सदस्य राज आशातित लगायत कवि तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा स्वागत मन्तब्य सचिव भरत रिजाल र  सहजिकरण  महासचिव रामचन्द्र राईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan