वि.सं.२०७२ साल चैत्र २६ गते बिहीवारको राशिफल
आजको पञ्चाङ्ग सहित
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत २६ शुक्रबार |
आजको पञ्चाङ्ग : सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ चैत्र महिनाको २६ गते शुक्रवार । श्री सूर्य उत्तरायण वसन्त ऋतु । चैत्र शुक्लपक्षको प्रतिपदा तिथि १४ः५७ बजेसम्म उपरान्त द्वितीया तिथी । अश्विनी नक्षत्र । वैधृति योग १२ः२५ बजेसम्म उपरान्त विष्कुम्भ योग । आनन्दादि योगमा वज्र योग । कौलव करण १२ः३२ बजेसम्म उपरान्त तैतिल करण करण । तदनुसार नेपालसंवत ११३६ चौलाथ्व । योग संवत ३७ । ई.सं. २०१६ अप्रिल महिनाको ८ तारिख ।
आज खगोलमा : सूर्य मीन राशिमा । चन्द्रमा मेष राशिमा । मङ्गल बृश्चिकमा । बुध मेषमा । बृहस्पति सिंहमा । शुक्र मीनमा । शनि बृश्चिकमा । राहु सिंहमा र केतु कुम्भ राशिमा रहनेछन् । काठमाडौंमा आजको सूर्योदय अहिले बिहान ०५ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ १८ बजेर २४ मिनेटमा हुनेछ ।
आजको राशिफल २०७२ चैत्र २६ गते बिहीवारको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिन अनुकूल रहेको छ । तथापि गुरु बृहस्पति र भैरवदेवलाई प्रसन्न बनाउनु उपयुक्त हुनेछ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य पूर्ण गर्न तथा अभिष्टकार्यमा सफलताको लागि बृहस्पतिका प्रतिनिधि गुरुजनहरुको आर्शिवाद लिनु बुद्धिमानी हुनेछ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ भने भैरवदेवको वहान कुकुरको सेवा गर्नु पनि उपयुक्त हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अनपेक्षित खर्च बढ्नसक्ने भएकाले जुहो गरेको व्यवस्थाले नपुग्नसक्ने तथा गर्जोटार्नलाई धौधौपर्ने हुनसक्ने छ । नहुने कामगर्न मनलाग्ने र सानो कामलाई पनि धेरै परिश्रम लगाउन पर्ने हुनसक्ने देखिन्छ । अनपेक्षितरुपमा सञ्चित धनको खर्च हुनसक्ने सम्भावना रहेकोले होसियारी जरुरी हुनेछ । अर्थहिन घुमफिरमा मन जाने र काम बिग्रेपछि पश्चाताप एवं नैराश्यता नहोला भन्नसकिन्न । सहकर्मीसंग पनि विवाद पर्न सक्छ संयमित रहन जरुरी देखिन्छ । शत्रु छाया पर्ने र राम्रो गर्दा पनि अपयश आइपर्ने पनि हुनसक्ने छ । अन्यत्र मन नदिइ स्वकार्यमा तल्लिन हुनाले केहीहद्सम्म काम बनाउन सकिनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आज पेशा तथा व्यवसायको प्रचारप्रसार बढ्ने र यथोचित आम्दानी हुनेछ । आफन्तहरुसँग भेटघाट हुन पाइने तथा आतिथिहरुको आगमन हुने सम्भावना छ । पारिवारिक सुख एवं आमोदप्रद दिन रहनेछ । व्यक्तिगत तथा व्यवसायिक उन्नतिको ग्रहयोग परेकोले व्यापारीकाले लागि बढी अनुकूल रहने छ । उठति हुनपर्ने आर्थिक सङ्कलन हुनेछ । प्रतिष्ठा तथा पुरुषार्थ बढ्न जानेछ, रोकिएर रहेका केही काम फत्ते गर्ने मौका मिल्नेछ । विद्यार्थीहरुको लागि विद्यामा प्रगति हुनेछ । इष्टमित्रबाट सहयोग मिल्ने पनि सम्भावना छ । औपचारिक कार्यमा संलग्न हुनपाइने र प्रशंसा प्राप्त हुने तथा ख्याति र प्रताप बढ्ने छ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आज अनुकूल गोचर परेको दिन छ । पेशा तथा व्यवसायबाट राम्रो लाभ गर्न सकिने हुनाले आत्मबल र सन्तुष्टि मिल्ने देखिन्छ । विशेषकामको योजनामाथि चिन्तनमनन् हुनेछ । मानसम्मानमा बृद्धि हुने तथा ईज्जत र प्रतिष्ठा प्राप्ति हुनेछ । व्यापार–व्यवसायमा सफलता एवं सिद्धि मिल्नजाने छ । राजनीति–समाजसेवाजन्य कार्यमा पदप्रतिष्ठा तथा जिम्मेवारी मिल्नसक्ने छ । समग्रमा आज भौतिक उन्नति तथा सुख समृद्धिकर योग छ । बरिष्ठजनसँगको संगतले आ“टसाहस बृद्धिहुने र महत्त्वाकांक्षा पनि बढ्ने छ । सफलता र शान्ति–सन्तोष एवं आनन्दानुभूति मिल्ने दिन छ । आज यहाँको लागि एक अङ्क, रातो रङ्गको प्रयोग र माँ इन्द्रायणीको भक्तिभाव उपयुक्त हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज सामान्यतया आफूभन्दा माथिल्लो निकायबाट केही दबाबपूर्ण व्यवहार नहोला भन्न सकिन्न तथापि दिन भाग्यप्रद रहने छ । मनमा सात्त्विक विचारले प्रसय पाउनाले धार्मिक एवम् आस्तिक भावना बलियो हुनेछ । आध्यात्मिक उत्प्रेरणाको बलले दैनिक व्यवहारमा समेत मद्दत पुर्याउने छ । व्यवसायिक कार्यमा सफलता मिल्नाले आँट बढ्नेछ । नोकरी आदिमा आएका अबरोधहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थपिने छ । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग फापकर हुनेछ भने माँ सन्तोषीको भक्तिभाव तथा स्तुतिस्मरणको अभ्यासले अपयश जन्य स्थितिलाई हटाउन मद्दत हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आज अनपेक्षित रुपमा दिन संघर्षकर अनुभूति हुनसक्ने छ । विघ्नबाधाको सामना गर्नुपर्ने स्थिति सृजना हुने, कडा मेहनतलेमात्रै अल्पलाभ मिल्नसक्ने छ । विमारी पर्नसकिने सम्भावनालाई पनि नकार्न सकिन्न । प्रतिकूल परिवेशसँग मुकाविला गर्न हिम्मत तथा मानसिक योजना बनाइराख्नु उपयुक्त हुनेछ । साथै संयमशक्तिको बृद्धि गर्नु मनासिव हुने छ । विघ्नबाधा तथा वेचैनीेको सामना गर्नु परेपनि धैयता नटुटाउने र स्वकर्ममा एकाग्र रहने गर्नाले सम्भावित क्षतिखति एवं प्रतिकूलतामा कमि ल्याउन सकिने छ भने आंशिक लाभ एवं सफलता प्राप्त गर्न सकिने छ । आज यहाँलाई आठ अङ्क, रातो रङ्गको प्रयोग र सन्तोषी माँको भक्तिभावले शुभ हुनेछ ।
तुला राशिः
तुला राशि हुनेहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृतिको चाहना बढ्ने ग्रहगोचर परेको छ । गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु होला । अन्यथा पछुतो हुन सक्नेछ । व्यवसाय तर्फ उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । विवाह प्रस्तावको विषयमा विशेष विचार पुर्याउन जरुरी हुनेछ । आज यहाँको लागि सात अङ्क, सेतो रङ्गको प्रयोग र कन्यालाइई सेतो वस्तुको दान दिनुले सम्भावित अनिष्टजन्य दोषलाई निवारण गर्न मद्दत मिल्नेछ ।
वृश्चिक राशिः
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज अनुकूल गोचर पेरको छ । स्वास्थ्यमा आरोग्यता र कान्तिबृद्धि हुनेछ । प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने छ भने खेलाडीहरुको लागि विशेष दिन रहनेछ । श्रीलक्ष्मीले साथ दिने गोचर परेकोले व्यापार व्यवसायबाट उचितमाात्रामा लाभ हुनगई मानसिक एवं शारीरिक सुखसन्तुष्टि मिल्ने छ । कार्यमा देखिएको ब्याबधान हट्नाले अगाडिको ढोका खुल्नेछ भने शत्रुलाई परास्त गर्नसकिने छ । कसैकसैलाई प्रेमप्रद दिनचर्याले मनको एकाग्रता टोड्नसक्ने छ । तीर्थादि भ्रमणको यात्रायोजना बन्नसक्ने छ । आज यहाँको लागि छ अङ्क, हरियो रङ्गको प्रयोग र माँ इन्द्रायणीको दर्शनभक्ति शुभकर हुनेछ ।
धनु राशिः
धनुराशि हुनेहरुको लागि आज बुद्धिको विकास हुने र विद्याबुद्धिको सदुपयोग गर्ने संयोग पर्नेछ । आज यहाँको बौद्धिक क्षमताको मान्छेहरुले कदर र प्रशंसा गर्नेछन् । अध्ययन अध्यापन तथा लेखन एवम् वहसको क्षेत्रमा सफलता मिल्नेछ । सन्तानपक्षबाट पनि सन्तोष लिन सकिने छ । पेशा एवम् व्यवसायको क्षेत्रबाट लाभ पाउनु हुनेछ । लाभ एवम् सफलताको कारण मानसिक शान्ति मिल्ने छ । आज पाँच अंक, रातो रङ्ग यहाँलाई फाप सिद्ध हुनेछ भने अनाथ बालबालिकालाई सहयोग गर्नु पूण्यप्रद हुनेछ ।
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागि आज कामकार्यमा विभिन्न अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु आइलाग्न सक्ने भएकोले संघर्षबाट मात्रै अल्पलाभ एवम् सफलता मिलनसक्ने छ । आफ्नै विचारमा संकोचको भावनाले दुख दिनसक्ने र नसो“चेको झमेला आइपर्नसक्ने देखिएकाले अनावश्यक आसक्ति नगरेकै राम्रो हुनेछ भने आफूमा केही सहने क्षमताको विकास गर्नाले पनि सम्भावित पछुतोबाट बच्न सकिने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना छ, बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन आ“टजोशजा“गर र पराक्रम बढाउने ग्रह परेको छ । नविन कार्ययोजना बन्नाले महत्त्वाकांक्षा पनि बढ्नसक्ने देखिन्छ । व्यवसायमा प्रगति तथा लाभ एवं सफलता र श्रीबृद्धि हुनेछ । स्फुर्तिकर ग्रहयोग परेकोले पौरख प्रदर्शन गर्नसकिने र प्रशंसा पनि मिल्ने छ । समाजसेवा तथा राजनीति एवम् सामाजिक संघसंस्था आदिको कामकार्यमा पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । व्यवसायिक उन्नति हुनेछ भने अड्केर रहेको काम बन्नेछ । पेशा एवम् व्यापार व्यवसायबाट राम्रै लाभ गर्न सकिने छ । परिवारिक सदस्य वा स्वजनको बृद्धि हुने तथा कामकार्यमा साथ मिल्नेछ । प्रतिस्पर्धामा सफल, व्यवसायिक लाभ, रोकिएको काम बन्ने, विजय एवम् प्रशंसा–पुरस्कार र व्यवसायिक लाभ मिल्नेछ ।
मीन राशि
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन आँट एवम् जमर्को ठूलै हुनखोज्ने तर काम पूर्ण हुन ग्रहको केही अबरोध रहने गोचरको स्थिति देखिएको छ । तथापि वाणीमा मिठास आउन खोज्नेछ भने बोलीवचनको भूमिकाले मान्छेहरुको मन जित्न मद्दत पुग्नेछ । अल्लि प्रयत्न गरेमा प्रवचन, भाषण तथा अध्यापन एवम् तर्कजन्य विषयको प्रस्तुतिलाई सकारात्मक र प्रभावशाली बनाउन सकिनेछ । व्यवसायबाट आर्थिक लाभ हुनेछ । परोपकार एवम् सामाजिक सेवाका कार्यमा सरिक हुने मौका मिल्नसक्ने छ । ग्रहको अबरोध निवारणको लागि भैरव एवम् गुरुदेवको श्रद्धाभक्ति शुभकर हुनेछ ।
आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....।
पेज : ज्योतीष दिपक गुरु
