Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वि.सं.२०७२ साल चैत २८ गते आइतबारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत २८ आइतबार |
newsabhiyan

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै विषयबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले साथ दिनेछन्। चिताएको काम सजिलै बन्नेछ र व्यवसायबाट मनग्य धन लाभ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मानसम्मान समेत पाइनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गरेको काम सजिलै बन्नाले मन प्रसन्न हुनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह

खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने अवसर प्राप्त हुनेछ।


कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
योजनाअनुसार फाइदा उठाउन नसकिएला। मेहनत तथा लगानीको तुलनामा अलि कम मूल्य प्राप्त भए पनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। दिगो कामभन्दा अस्थायी पेसाबाट फाइदा होला। आँटेको काम बीचमा रोकिन सक्छ। आम्दानी मनग्य भए पनि खर्चको मात्रा बढ्नाले रकम सञ्चय गर्न बाधा पुग्नेछ। पछिसम्म आम्दानी हुने काममा लगानी गर्ने मौका छ।


सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। विशेष योजना गोप्य राख्नुहोला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि लगनशीलताले राम्रै प्रतिफल दिलाउन सक्छ। अरूलाई वचन दिने बानीले समस्यामा परिनेछ।


कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
राम्रो फाइदा हुनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने मनको डर उत्साहमा रूपान्तरित हुने समय छ। कर्मयोग र आम्दानीले पछ्याउनेछन्। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। तारिफयोग्य कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सानो प्रयत्नले धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। प्रशंसकहरू पनि बढ्नेछन्।


तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले समस्यालाई पार लगाउन सकिनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। नसोचेको धन लाभ हुन सक्छ। तापनि, नचिताएको समस्या आउने र स्वास्थ्य कमजोर बन्ने समय छ, विश्रामका लागि पनि केही समय छुट्याउनुहोला।


बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने गृहस्थी संसार आनन्दमय बन्नेछ। अतिथिका रूपमा सम्मान पाइएला। रमाइलो यात्राको अवसर पनि प्राप्त हुनेछ।


धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अप्ठ्यारो परिस्थितिले चुनौती निम्त्याउन सक्छ। शुभचिन्तकहरू कमजोर बन्नेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। पेसा तथा व्यवसायमा सोचेको फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्न सक्छ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।


मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। भौतिक साधन जुटाउने मौका छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।


कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
मनको डरले सताए पनि यथार्थमा फाइदा हुनेछ। परिस्थितिले बिग्रिएको सम्बन्धलाई पुनः सुमधुर बनाउनेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। विगतका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। महत्वाकांक्षी योजना फलीभूत हुनेछन्। काममा राम्रै सहयोग जुट्न सक्छ। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। यसले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ। दाम्पत्यमा असमझदारी बढ्ने समय छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। अरूको भरपर्दा हानि हुन सक्छ भने आफैं प्रयास गर्दा लाभ मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan