वि.सं.२०७२ साल चैत्र २५ गते बिहीवारको राशिफल
आजको पञ्चाङ्ग सहित
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत २५ बिहीबार |
आजको पञ्चाङ्ग : सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ चैत्र महिनाको २५ गते बिहीवार । श्री सूर्य उत्तरायण वसन्त ऋतु । चैत्र कृष्णपक्षको आमावश्या तिथि १७ः२३ बजेसम्म उपरान्त चैत्र शुक्लपक्षको प्रतिपदा तिथी । रेवती नक्षत्र । ऐन्द्र योग १५ः३१ बजेसम्म उपरान्त वैधृति योग । आनन्दादि योगमा मित्र योग । भद्रा करण ०६ः३४ बजेसम्म उपरान्त नाग करण करण । तदनुसार नेपालसंवत ११३६ चिल्लागा । योग संवत ३७ । ई.सं. २०१६ अप्रिल महिनाको ७ तारिख ।
आज खगोलमा : सूर्य मीन राशिमा । चन्द्रमा मीन राशिमा । मङ्गल बृश्चिकमा । बुध मेषमा । बृहस्पति सिंहमा । शुक्र मीनमा । शनि बृश्चिकमा । राहु सिंहमा र केतु कुम्भ राशिमा रहनेछन् । काठमाडौंमा आजको सूर्योदय अहिले बिहान ०५ बजेर ५० मिनेटमा र सूर्यास्त साँझ १८ बजेर २४ मिनेटमा हुनेछ ।
आजको राशिफल २०७२ चैत्र २५ गते बिहीवारको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिन केही संघर्षकर रहेको देखिएको छ । अल्लि बढी कोसिसले मात्रै ईच्छित कार्यमा आंशिक सफलता मिल्नसक्ला । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ अन्यथा परिणाम विपरित पनि आउनसक्ने गोचर देखिन्छ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु उपयुक्त हुनेछ । उन्माद स्वभाव बढ्नसक्ने तथा खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावना रहेको छ होसियारी अप्नाउनु होला । आवश्यकभन्दा बढी यात्राको पनि योग देखिएकोले संयम धारण गर्नु उचित होला । यहाँको लागि आज ३ अंक र पहेंलो रंगको प्रयोग एवम् माँ बगलामुखीको सेवा आराधना गर्नु शुभप्रद हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन पेशा तथा व्यवसायको प्रचारप्रसार र प्रख्याति एवं प्रताप बढाउने गोचर योग छ । भूमिका अनुसार आर्थिक सङ्कलन हुनाले मानसिक क्षमता तथा आत्मबल बढ्नेछ । आफन्तहरुसँग भेटघाट हुने र आतिथिहरुको सेवागर्न पाइने छ । दिन सुख एवं आमोदप्रद रहनेछ । सहयोग प्राप्त हुने र शारीरिक उमङ्ग तथा मानसिक उत्साहमा बृद्धि हुनेछ । नयाँ स्थानको यात्रा योजना बन्ने गोचरको संकेत रहेको छ । औपचारिक कार्यमा भूमिका एवम् प्रशंसा मिल्नेछ । प्रतिस्पर्धा एवं परीक्षामा उर्तिण भइने छ नयाँ व्यक्तिहरुसँग सुमधुरसम्बन्ध स्थापित हुने र संघसंस्था तथा नोकरी आदिमा पदोन्नति हुने योग छ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आज अपेक्षित उपलब्धि हुन नसके पनि जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहजवातावरण सृजना हुनेछ । कामकार्य तथा पेशा वा व्यवसायको क्षेत्रबाट आंशिकलाभ पनि हुनेछ । जसले गर्दा केहीहद्सम्म मानसिक सन्तुष्टि मिल्ने र साहस बढेर आउनेछ । तुरुन्तै फल प्राप्त गर्न नसकिएपनि केही महत्त्वाकांक्षी योजनाको बारेमा मानसिक चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ । मानसम्मान पाइने र भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । आशा गरेकै जति नभएपनि औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । आज यहाँलाई गुरुजनको आर्शिवाद र भैरवदेवको सेवा शुभकर हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आज आफूभन्दा माथिल्लो निकायबाट दबाब तथा अपयशको बाबजुत पनि अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने दिन रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा केही लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग प्रयोग र संघर्ष निवृतिको लागि माँ बगलामुखीको सेवा स्तुति शुभ हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज प्रतिकूल गोचर परेको छ । ग्रहले मानसिक अशान्ति तथा स्वास्थ्य समस्या बढाउने खालको स्थिति सृजना गर्न खोजिरहेको देखिन्छ । दीर्घ रोगीलाई बढीकष्ट हुनसक्ने छ । सर्वसाधारणलाई हतार गर्दा कार्यबाधा र खतिक्षति हुनसक्ने सम्भावना रहेकोले नहतारिएकै राम्रो हुनेछ । प्रतिकूल ग्रहप्रभावले सामान्यतया किंकर्तव्यविमूढताको अनुभूति हुनसक्ने छ संयमित रहनुपर्ला । कसैकसैलाई राम्रो गर्न खोज्दा पनि परिणाम विपरित आउनसक्ने भएकोले स्यावासीको अपेक्षा नगर्दा सुखी भइनेछ । आज यहाँले आठ अङ्क, रातो रङ्गको प्रयोग र विद्यार्थीहरुले माँ सरस्वतीको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आज भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्धमा सुधार आउनेछ । कसैकसैमा आकस्मिक आक्रोश पैदा हुनसक्ने वा कपट प्रेमको सम्भावना समेत देखिएकोले होसियारी अवलम्बन अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । दमखोंकी तथा आऊका रोगीले भने आहारविहारमा विशेष होसियारी गर्नुहोला । यात्रा, व्यापार व्यवसाय आदिमा लाभ मिल्ने देखिन्छ । सात अंक, सेतो रङ्गको प्रयोग आजय यहाँको लागि शुभ रहने छ भने कन्याको सेवा गर्नु वा सेतो रङ्गको वस्तु दान दिनु उचित हुनेछ ।
तुला राशिः
तुला राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा आएको अड्चन हट्ने र शत्रु तथा विरोधी उपर कडा प्रतिकार गर्नसकिने गोचर योग परेको छ । व्यवसायिक उन्नती हुनेछ । सफलता र आम्दानी बढाउने खालको दिन परेको छ । शारीरिक आरोग्यता बढ्ने, अनुहारमा कान्ति बृद्धि हुने र राम्रो लौकिक पौरख गर्न सकिने छ । पेशा तथा कार्यक्षेत्रबाट राम्रो आर्थिकलाभ हुनजाने छ भने प्रशंसनीय कार्यसम्पादन गर्नसकिने छ । प्रतिस्पर्धामा विजय भइने र मनोकामना पूर्ण हुने दिन रहेको छ । दिन अनुकूल परेकाले सदुपयोग गर्न जानेमा उपयुक्त उपलब्धि उठाउन सक्नु हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज सोँचेकै विषयको नभएर अर्कोतर्फको काम बन्ने हुनसक्ने छ । गम्भीरता पालन गर्नसकेमा विद्यार्थी वर्गले ज्ञानात्मक प्रगति गर्नसकिने छ । उठेको प्रसङ्गलाई बिटमार्न कठिन पर्नसक्ने ग्रहगोचरको प्रभाव भएकोले आवश्यकभन्दा बढी विषयमा प्रवेश नगरेको राम्रो हुनेछ । आत्मप्रसंशाको मनोभाव बढ्नसक्ने र दोस्रोपक्षबाट सो कुराको निग्रानी हुनसक्ने भएकोले चनाखो रहन जरुरी पर्नेछ । पराईको निन्दा चर्चामा भुल्दा स्वकार्य अधुरो रहनसक्ने तर्फ पनि ख्याल पुर्याउनुहोला । आज यहाँको लागि पाँच अंक, रातो रङ्गको प्रयोग र कूलदेवताको सेवा गर्नु शुभप्रद हुनेछ ।
धनु राशिः
धनुराशि हुनेहरुको लागि आज त्यति अनुकूल मान्न अल्लि नसकिने खालको रहेको छ । महत्त्वपूर्ण कार्यमा बाधाब्यावधान आइलाग्ने सम्भावना देखिएको छ । विचारमा संकिर्णताले प्रसय पाउनसक्ने र सहकर्मी, मित्रवर्ग, छिमेकी कसैसँग ख्यालख्यालमै पनि मनमुटाव पर्नसक्ने छ विचार पु¥याउनु होला । ग्रहको प्रतिकूलतालाई बुझेर धैर्य गर्नसक्नु भएमा क्रमशः सम्भावित अनिष्ट टरेर जानेछ भने केही संघर्षबाट अत्याबश्यक काम बनाउन सकिनेछ । आज यहाँको लागि सेतो रङ्ग र चार अंकको प्रयोग गर्नु एवं मातृशक्तिको आर्शिवाद लिनु उपयुक्त हुनेछ ।
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागि पराक्रम गर्नसकिने र सुखद एवम् अनुकूल रहनेछ । शारीरिक स्फुर्ति बढ्ने हुनाले पौरख गर्न सकिनेछ । काममा मनग्य रुचि बढेर आउनाले रोकिएर रहेका काम पूरा गर्न सक्नुहुने छ । महत्त्वपूर्ण काममा सहयोग पनि मिल्नसक्ने छ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने छ । व्यवसायिक कामबाट आर्थिक लाभ हुनसक्ने लक्षण प्रतित भइरहेको छ । सहयोगी हातहरु पनि जुट्ने छन् भने मान्छेहरुबाट तपाईँको क्रियाशिलताको प्रशंसा पनि मिल्नेछ । आज यहाँको लागि तीन अङ्क र हरियो रङ्गको प्रयोग गर्नु फापसिद्ध हुनेछ भने गुरु बृहस्पतिको भक्तिले थप सफलता प्राप्त गर्न मद्दत हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । व्यवसायिक कार्यमा भने प्रगति नै हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहनसक्ने कुरालाई पनि नकार्न सकिन्न । आज यहाँको लागि दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ भने माँ सरस्वतीको सेवाआराधना गर्नुले सत्बुद्धि प्राप्त हुनेछ ।
मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन व्यवसायिक लगानीको अवसर तथा सहकार्यको प्रस्ताव आउनसक्ने छ । पार्टनर्शिपको काममा भने अल्लि ख्याल पुर्याउन पर्ने देखिएको छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । शुभेच्छुक तथा सहयोगी भेटिनाले मुख्यकाम सम्पादन गर्न मद्दत मिल्नेछ । व्यापार–व्यवसायबाट राम्रो लाभ हातपर्नाले मानसिक शान्ति एवम् सन्तुष्टि मिल्नेछ । आज यहाँलाई कोसेली तथा उपहार आदि मिल्ने पनि सम्भावना रहेको छ । स्वादिष्ट भोजन एवम् मनोरञ्जनपूर्ण वातावरणको सामिप्यता जुट्नसक्ने छ । व्यवहारिक कलाकौशलताले मान्छेहरुलाई प्रभाव पार्न सकिनेछ ।
आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....।
पेज : ज्योतीष दिपक गुरु
