वि.सं.२०७२ साल चैत्र २९ गते सोमबारको राशिफल
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आजको दिन बिशेस लाभदायक दिन रहने छ | तपाइको कार्य दक्षताको सबैले सराहना गर्ने छन् | आर्थिक र सामाजिक क्षेत्र बिशेस रहने छ | ब्यापारका लागि नया बाटाहरु पत्ता लाग्ने छन् | सृजनाका नया गन्तब्य भेटिने छन् | अवसरले साथ दिने छ | स्वास्थ्य लाभ हुने छ |
...
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बोलीको कारण विवादमा परिने छ | सौखिन बस्तुको प्रयोगमा अधिक खर्च हुने छ | तपाइको सानो कामको ठुलो प्रसंसा हुने छ | अचानक यात्रा योग रहेको छ | सभा सम्मेलन आदिमा भाग लिने मौका मिल्ने छ | भागवत कृपा बनिरहने छ | कार्य क्षेत्रमा नया आयाम थपिने छ |
...
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिनको सुभारम्भ केहि कमजोर रहने छ | बोलिको कारण विवादमा परिएला | ब्यर्थका कुरामा भागदौड बन्ने छ | तर दिनको मध्यबाट सोचेका काम पुरा हुने छन् | अपरिचित व्यक्तिको साथ पाइने छ | खेल कुद र साहसिक काममा रुची हुने छ | बिचार उच्च रहला |
...
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आजको दिन केही कमजोर रहेको छ | मेहनत अनुसार दाम नपाउदा काम गर्ने शक्ति क्रमस कमजोर रहने छ | बिचारको कारण केहि कमजोर परिएला | ब्यापार घाटा होला | अरुलो लागि गुन गर्दा जस पाइने छैन | मानसिक चिन्ता बढ्ने योग छ | दिनको अन्त्य सुखद रहने छ |
...
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
व्यक्तिगत कार्यको लागि लामो दुरीको यात्रा सम्भव रहने देखिएको छ | केहि साना कुरामा भागदौड बन्ला | बोलीको गलत अर्थ लाग्न सक्ने छ | शिक्षामा अरुचि होला | बनिसकेको काम अन्त्यमा बिग्रने योग छ | कृषि तथा पसुपालन व्यवसाय भने फस्टाउने छ | सन्तान लाभ होला |
...
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
एकोहोरो रटानले मात्र केहि हुने छैन , मेहनत पनि गर्नु पर्ने छ | आर्थिक कारोवार सफल हुने छ | ब्यापारमा लगानीका बाटाहरु खुल्ने छन् | दिनको मध्यतिर घरमा अतिथि सत्कार गर्ने मौका छ | शुभ समाचार सुन्न पाइने छ | मित्रता दिगो हुने छ |
...
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आर्थिक कार्यको लागि आजको दिन कमजोर रहेको छ | ठुलो लगानी गर्ने सन्दर्भमा सजग रहनु होला | तपाइको कमजोरीको फाइदा उठाउनेहरु भेटिने छन् | तुरुन्त निर्णय गर्न नसक्दा बनेको पनि बिग्रने छ | अपरिचित व्यक्तिको साथ पाइने छ | बोलीको कारण हुने ब्यापार बन्ने छ |
...
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
भोलिको लागि सोच राखेर चिन्तित बनिने छ | तपाइको भरोशागर्ने व्यक्तिको साथ छुट्न सक्ने छ | अरुलाई बोलीले हैन व्यवहारले गरेर देखाउनु पर्ला | सिमित कामनाले ठुलो प्रतिफल प्रदान गर्ने छ | शैक्षिक क्षेत्रमा गरेको लगानी ब्यर्थ जाने छैन | मित्रता दिगो हुने छ |
...
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आपसी भेट घाट र भलाकुसारीले नया अवसर पाइने छ | सिमित कार्यको लागि गरिने प्रयास सफल हुने छ | सन्तान मार्गबाट ठुलो प्रतिफल हात पर्ने छ | विवादित कामको लागि आजको दिन त्यति सहज नहुने देखिएको छ | सामाजिक काममा मित्रको साथ हुने छ |
...
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बोलीको कारण हुने ब्यापार फस्टाउने छ | सत्कार्यको लागि अभिभावकको प्रेरणा पाइने छ | आर्थिक कार्य सोचेको जस्तो नभएपनि मध्यम फल भने पाइने छ | सिमित कार्यको लागि अधिक खर्च होला | कार्य क्षेत्र विवादरहित हुने छ | समाज सेवाको लागि गरिने प्रयास सफल हुने देखिएको छ |
...
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आजको दिन सामाजिक कामको लागि उत्तम रहने छ | प्रकृतिको साथ तपाइँमा रहने छ | केहि स्मरण गर्न लायक घटना तपाइको आंखाकै अगाडी घट्ने छ | मनमा केहि नया गर्ने सोच जागृत हुने छ | मानसिक असान्ती दुर हुने छ | परिवारमा नया खूसी थपिने छ |
...
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समय केहि प्रतिकुल रहने देखिएको छ | झुठा आरोप मुद्धा लाग्ने र मानसिक असान्तिको योग छ | प्रगति मार्गमा एक्कासी बिराम लाग्ने छ |साना तिना झमेलामा रुमलीइ रहने बेला छ | प्रकृतिको विपद तपाईमा आइ पर्न सक्ने छ | सामुदायिक काममा लगानी हुने योग छ |
