Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्व बैंकको सहयोगमा सडक निर्माण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | रासस

 झापा, २० कात्तिकः नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत विश्व बैंकको आर्थिक सहयोगमा विर्तामोड नगरपालिकाको वडा नं ६, ७ र ८ मा छ पक्की सडक निर्माण भएको छ । 

    नगरको बुट्टाबारी बजारदेखि प्याकुरेल चोक जोड्ने उक्त सडकको निर्माणमा विश्व बैंकले रु ५८ करोड ८३ लाख ५९ हजार ५६५ सहयोग गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईँले बताउनुभयो । सडकको लम्बाइ छ दशमलव २५ किलोमिटर र चौडाइ १२ मिटर रहेको उहाँले जानकारी दिनुभयो ।

    आरपी समता जेभीले २०८० साल वैशाख २६ गते सडक निर्माणको कार्यारम्भ गरेको थियो । तोकिएकै अवधिमा निर्माण व्यवसायीले काम सम्पन्न गरेको हो । सडकको दायाँबायाँ सौर्य बत्ती जडानका लागि कोशी प्रदेश सरकारसँग पहल भइरहेको नगरप्रमुख प्रसाईँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan