Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार | रासस
newsabhiyan

 म्याग्दी, २० कात्तिक : कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ ।

बाढीले क्षति पुर्याएको संरचना पुनर्निर्माणका लागि करिब रु पाँच करोड खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आगामी बर्खाअघि नै नदी नियन्त्रण तथा बजार संरक्षणको काम सम्पन्न गर्ने लक्ष्यसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ ।

    बाढीले बेनी नगरपालिका–८ गणेश टोल पछाडि निर्माण गरिएको करिब ८० मिटर लामो पक्की पर्खाल र वडा नं ७ स्थित म्याग्दी जेसीजको कार्यालय अगाडि रहेको करिब १५ मिटर लामो पक्की पर्खाल कटान गरी क्षतिग्रस्त बनाएको थियो । नदीको कटानले पर्खालसँगै चmत्रपथसमेत प्रभावित भएको छ ।

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले क्षतिग्रस्त पर्खाल पुनर्निर्माणका लागि तत्काल लागत अनुमान तयार गरी आवश्यक बजेट व्यवस्थापनसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पुनर्निर्माणका क्रममा कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्ने योजना छ ।

    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सदरमुकाम बेनी बजारको संरक्षणका लागि क्षतिग्रस्त पर्खाल पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले आयोजनालाई छिटो लागत अनुमान तयार गरी आवश्यक बजेट व्यवस्थापन र निर्माण प्रक्रिया अघि बढाउन अनुरोध गर्नुभयो ।

    आयोजना प्रमुख प्रेमहरि पराजुलीले मनसुनजन्य विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण यसअघि नै जलस्रोत तथा सिँचाइ विभागमा पठाइएको भए पनि पछिल्लो समय क्षतिको विवरण थपिएकाले अद्यावधिक विवरण तयार गरी आवश्यक बजेटका लागि विभागमा पठाउने तयारी भएको बताउनुभयो ।

    “कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको बेनी बजारलगायतका बस्ती संरक्षणलाई प्राथमिकतामा राखेर आगामी बर्खाअघि नै नदी नियन्त्रणका योजना सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाउँछौँ”, उहाँले भन्नुभयो ।

यसअघि पनि सोही स्थानमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजिट प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनामार्फत रिङरोड निर्माण गरिएको थियो । बाढीले क्षति पुर्याएपछि बजार संरक्षणका लागि ती संरचनाको पुनर्निर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan