Friday 6th of November | २०८३ कार्तिक २० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | (रासस)

काठमाडौँ, १९ कात्तिकः संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु गरेको छ ।
     
    समितिको आजको बैठकमा प्रस्तावित चार न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेको उजुरी खोलिएको हो । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । समितिका सदस्यहरूलाई अध्ययनका लािग उजुरी वितरण गरिएको छ । शुक्रबार बिहान ९ः३० बजेदेखि उजुरीकर्तासँग छलफल गर्ने तय भएको छ ।
     
    न्याय परिषद्ले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सिफारिस गरेको थियो । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan