Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनिवार्य स्वीकृति लिन कास्की प्रशासन आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १४ बिहीबार | रासस

 गण्डकी, १४ साउनः  जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि  कार्यक्रम सञ्चालन गर्नुपूर्व स्थानीय प्रशासनको अनिवार्य स्वीकृत लिन सबैमा आग्रह गरेको छ । 

    कार्यालयले बुधबार जारी गरेको सार्वजनिक सूचनामा पूर्वस्वीकृति नलिई सभा, जुलुस, प्रदर्शन तथा अन्य गतिविधि सञ्चालन गरेमा कानुनबमोजिम कारबाही हुने उल्लेख छ । 

    सूचनामा विभिन्न व्यक्ति, संस्था वा समूहले आफ्नो विचार, प्रदर्शन तथा कार्यक्रमको प्रचार–प्रसारका लागि सार्वजनिकस्थल प्रयोग गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने उल्लेख गरिएको छ ।

    ‘शान्तिपूर्ण रूपमा भेला हुन पाउने नागरिकको संविधान प्रदत्त अधिकारको सुनिश्चिततता गर्दै जिल्लामा सार्वजनिक प्रदर्शन, सभा, जुलुस वा यस्तै प्रकृतिका राजनीतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्नुअघि’ स्थानीय प्रशासनको स्वीकृति लिएर आयोजना गर्न प्रशासनले अनुरोध गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan