Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १२ मंगलबार | रासस

 भद्रपुर (झापा), १२ साउन : घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व संकलन गरेको छ । 

कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा धेरै ३०२ सेवामूलक उद्योग रहेका छन् । त्यसैगरी १४७ उत्पादनमूलक, १३३ वटा कृषि तथा वनजन्य, ३  सूचना प्रविधिसम्बन्धी र एउटा ऊर्जामूलक उद्योग दर्ता भएका छन् ।

कार्यालयले संकलन गरेको कुल राजस्वमध्ये प्रशासनिक सेवा शुल्कबाट रु एक करोड ९८ लाख १४ हजार ५०, व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट रु ४२ लाख ८२ हजार १०० तथा सरकारी सम्पत्तिको बिक्रीबाट रु ६५ हजार प्राप्त भएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan