Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनका अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १२ मंगलबार | (रासस)

चितवन, १२ साउनः नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा  स्वास्थ्यकर्मीले चितवनका  अस्पतालको बहिरङ्ग सेवा बन्द गर्दा  ११ हजारभन्दा बढी बिरामी सेवाबाट प्रभावित भएका छन् ।

शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । निजको मृत्यु चिकित्सकको लापर्वाही कारण भएको आरोप परिवारका सदस्य तथा आफन्तले लगाउँदै आएका छन् । 

 लापर्वाहीको गम्भीर आरोप खेप्दै आएका नारायणी अस्पताल वीरगञ्जमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि  आक्रमण हुँदा उहाँ गम्भीर घाइते हुनुभएको विरुद्धमा भरतपुर अस्पतालको उपचार सेवा बन्द गरिएको हो ।  

भरतपुर अस्पतालमा सोमबार तीन हजार ५०० ले बहिरङ्ग सेवा लिएका थिए । क्यान्सर अस्पतालमा एक हजार २००, दुई मेडिकल कलेजमा दुई हजारभन्दा बढी र निजी साना अस्पतालमा चार हजारभन्दा बढी बहिरङ्ग सेवामा बिरामी दैनिक आउने गर्छन् । 

मधुमेह र उच्च रक्तचापको औषधि सकिएर भरतपुर अस्पताल आउनुभएकी मायादेवी लम्सालले उपचार नै रोकेर आन्दोलन गर्दा आफू मर्कामा परेको बताउनुभयो ।  

उपचारमा आउनुभएकी रन्जीत तामाङले बहिरङ्ग सेवा बन्द हुँदा आज उपचार गर्न नपाउँदा दुःख पाएको गुनासो गर्नुभयो । 

 भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका दुई मेडिकल कलेज र २३ वटा साना अस्पतालका बहिरङ्ग सेवा बन्द हुँदा बिरामी प्रभावित भएका हुन् ।
 
नेपाल चिकित्सक सङ्घ, चितवनका वरिष्ठ उपाध्यक्ष डा दीपेन्द्र न्यौपानेले आकस्मिक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिनुभयो । 

 उहाँले चिकित्सकमाथि भएको आक्रमण निन्दनीय भएको भन्दै दोषीलाई  कारबाही नगरेसम्म सेवा सञ्चालन गर्न कठिन हुने बताउनुभयो । 

यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतीय सीमा क्षेत्रदेखि बिरामी आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan