Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १० आइतबार | रासस


दाङ, १० साउनः तुलसीपुरको प्रमुख पर्यटकीयस्थल राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब शनिबारका दिनमा निःशुल्क रूपमा आँखा जाँच सेवा पाउने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा अवस्थित सो उद्यान अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकले राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग तथा राप्ती शान्ति उद्यानको साझेदारीमा  पर्यटकले  निःशुल्क आँखा उपचार सेवा पाउने भएका हुन् । 

साप्ताहिक आँखा उपचार केन्द्रको शनिबार उद्घाटन गरिएको छ । सो अवसरमा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गिरीले राप्ती शान्ति उद्यानमा विशेषगरी शनिबार आउने पर्यटकका लागि आँखा उपचार सेवा प्रवाह गर्न पहिलोपटक साप्ताहिक रूपमा साझेदारीमा आँखा उपचार सेवा सुरु गरेको बताउनुभयो । अध्यक्ष गिरीले आँखा उपचार केन्द्रमा आउने बिरामीको निःशुल्क आँखा जाँच गरिनुका साथै मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी फेलापरेमा अस्पतालले ५० प्रतिशत छुटमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएको बताउनुभयो । 

उद्यान समितिका अध्यक्ष सुधीर केसीले पर्यटकले पार्क अवलोकनसँगै  निःशुल्क आँखा जाँच गराउने अवसर पाउनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले शनिबार उद्यानमा तीन हजार बढी पर्यटक आउने गरेको जानकारी दिनुभयो । उद्यानमा स्थापना गरिएको साप्ताहिक आँखा उपचार केन्द्रबाट अब प्रत्येक शनिबार बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म आँखा जाँच सेवा सञ्चालन ग्रिने राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan