Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ८ शुक्रबार | (रासस)

नेपालगन्ज (बाँके), ८ साउनः बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन हुने भएको छ । क्यान्सर अस्पतालको आग्रहमा बागेश्वरी यातायात प्रालिले क्यान्सरका बिरामीको आवागमन सहजताका लागि अस्पतालसम्म पुग्नेगरी नगर बस सञ्चालन गर्ने भएको हो ।

    क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराई र बागेश्वरी यातायत प्रालिका अध्यक्ष मनप्रसाद आचार्यबीच आज ४० किलोमिटर नगर बस सञ्चालनसम्बन्धी सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सहकोषाध्यक्ष शोभाखर पौडेलले जानकारी दिनुभयो ।

    दुर्गम गाउँबाट अस्पतालसम्म पुग्न बिरामीले सवारीसाधन अभावमा भोग्दै आएका समस्या समाधान गर्दै बिरामीको सहजीकरणका लागि अस्पतालको आग्रहमा बस सञ्चालन गर्न थालिएको प्रालिका अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले पहिलो चरणमा सम्झना चोकबाट क्यान्सर अस्पतालको गेटसम्म दुईवटा बस सञ्चालन गरिने बताउँदै बिरामीको चाप र आवश्यकतालाई हेरेर पछि सेवा थप गर्न सकिने उल्लेख गर्नुभयो ।

    अस्पतालसम्म सिधैँ आउने सवारीसाधन नपाएर अलमलमा पर्ने गरेका बिरामीलाई नगर बस सञ्चालनले सहज हुने अस्पतालका कार्यकारी निर्देशक डा भट्टराईको भनाइ छ ।

    अध्यक्ष आचार्यका अनुसार अर्को सातादेखि सञ्चालन हुने नगर बसले खजुराबाट नेपालगन्जका लागि रु ४०, राँझा चोकसम्म रु ५०, कोहलपुरसम्मका लागि रु १००  र सम्झना चोकसम्मका लागि रु १२५ सेवा शुल्क तोकिएको छ । कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट क्यान्सरको उपचार गर्न खजुरा क्यान्सर अस्पताल आउने बिरामीले अस्पतासम्म पुग्ने सवारीसाधन नपाउँदा समस्या भोग्दै आएका थिए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan