Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ६ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, ६ साउनः धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० अङ्कले घटेर ४७० दशमलव ३१ मा पुगेको छ ।  

फ्लोट सूचक शून्य दशमलव ७७ अङ्कले घटेर १८५ दशमलव ८५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शूल्य दशमलव ५८ अङ्कले घटेर १५९ दशमलव ४३ मा रहेको छ । 

आज विभिन्न कम्पनीका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर रु पाँच अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मूल्यमा खरिद बिक्री भएको छ ।

तेह्र उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घटेको छ । आज ७७ कम्पनीको सेयर बढ्यो भने १९३ कम्पनीको सेयर घट्यो ।

त्यसैगरी सात कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, भुगोल हाइड्रोपावर साल्पा विकास बैंकका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै, गरी एनसिसी डिबेञ्जर, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर, एनबिबिएल डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan