Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विद्यार्थी कलाकारका नजरमा ‘बनारस’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ४ सोमबार | (रासस)

काठमाडौँ, ४ साउनः ललितकला क्याम्पसका विद्यार्थीले भारतको बनारसमा भ्रमण गर्न पुग्दा देखेका दृश्य र अनुभूतिलाई कलामार्फत उतारेका छन् । ललितकलाका विद्यार्थीद्वारा सिर्जित यिनै कलालाई यतिबेला बबरमहलस्थित काठमाडौँ आर्ट ग्यालरीमा ‘होमऐज टु बनारस’ शीर्षकमा प्रदर्शनी गरिएको हो ।

    ग्यालरीका प्रमुख सङ्गीता थापाले विद्यार्थीको कलात्मक दृष्टिकोण र वस्तुप्रतिको कलात्मक बुझाइ कलामा प्रस्तुत भएको बताउनुभयो । आइतबार उद्घाटन गरिएको प्रदर्शनी साउन २३ गतेसम्म जारी रहनेछ ।

    प्रर्दशनीमा युवा कलाकार आशीष पौडेल, अर्जुन बस्नेत, आयुष सुनार, विप्रन क्षेत्री, दर्शत भट्ट, हेन्जली लिम्बू, काजल कुमारी, मनिष श्रेष्ठ, मुक्ति चालिसे, पार्वती दुलाल, प्रमिला सुनुवार, प्रशंसा श्रेष्ठ, प्रतिभा तिवारी, प्रतिक्षा तिवारी, प्रतिभा खड्का, रञ्जीत कुवँर, सुगम वराइली, सुनिल हरिजन, तेञ्जिङ तामाङले सिर्जना गरेका चित्र तथा ‘मिक्स मिडियम’ कला प्रदर्शनीमा राखिएका छन् ।   
 
    ग्यारीको अर्को सौन्दर्य बनारस हिन्दू विश्वविद्यालयका भुतपूर्व विद्यार्थीले तयार पारेका कला हुन् । जसलाई देखेर ललित कलाका विद्यार्थीले केही नयाँपन सिक्ने अवसर हुने ग्यालरीका प्रमुख थापाले बताउनुभयो । प्रदर्शनीमा स्वर्गीय कर्ण नरसिंह राणा, सुरेन्द्रराज भट्टराईले बनाएका कलासमेत देख्न सकिन्छ । 

    बनारस हिन्दू विश्वविद्यालयका भूतपूर्व विद्यार्थी एवं कलाकार अगम श्रेष्ठ, भुषण दुवाल, डा सीमा शर्मा शाह, हृदय वल्लभ पाण्डे, जस्मिन राजभण्डारी, किरण मानन्धर, मुकेश श्रेष्ठ, नारायणप्रसाद भोजू, प्रवीणकुमार श्रेष्ठ, सागर मानन्धर, श्रवण महर्जन र उमा शङ्कर साहका रचनात्मक कला प्रदर्शनीमा राखिएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan