Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कामना सेवा विकास बैंकको नाफामा ३३.५१% छलाङ, ८९ करोडभन्दा बढी कमाइ : १५% भन्दा बढी लाभांश दिन सक्ने क्षमता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३ आइतबार |
newsabhiyan

काठमाडौं, ३ साउन । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५१ प्रतिशत अर्थात् करिब २३ करोड रुपैयाँ बढी हो। बैंकले आर्थिक वर्ष २०८१/८२ मा ६६ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफामा भएको उल्लेखनीय वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि ३.६७ रुपैयाँले बढेर २२.७५ रुपैयाँ पुगेको छ, जसले शेयरधनीका लागि सकारात्मक संकेत दिएको छ।

बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले वृद्धि भई २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ४ करोड रुपैयाँ थियो।

यस वर्ष सम्भावित जोखिम व्यवस्थापन खर्च (इम्पेरमेन्ट चार्ज) ४१ करोड ८१ लाख रुपैयाँबाट घटेर १३ करोड ६५ लाख रुपैयाँमा सीमित हुँदा बैंकको नाफामा उल्लेखनीय सुधार आएको हो।

बैंकसँग असार मसान्तसम्म ६० करोड ११ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। यस आधारमा बैंकले आफ्ना शेयरधनीलाई १५.१६ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको देखिन्छ।

यद्यपि, बैंकको खराब कर्जा (NPL) भने ३.४९ प्रतिशतबाट बढेर ३.७७ प्रतिशत पुगेको छ, जुन आगामी दिनमा बैंकले व्यवस्थापन गर्नुपर्ने चुनौतीका रूपमा देखिएको छ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ सञ्चित छ। बैंकले ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan