Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१३ देशलाई पछि पार्दै नेपाली बालप्रतिभाको उत्कृष्ट प्रदर्शन, विश्वभर चम्कियो नेपालको नाम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असार ३० मंगलबार |
newsabhiyan

काठमाडौं, ३० असार ।   नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्।

किड्स किगं एण्ड क्विन २०२६ का विजेता शान्भिका बज्राचार्य, नामदेन सुब्बा, प्रान्सी तुलाधर र वेदाश्री एल।

राना ले ९ जुलाई २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै भियतनामको राजधानी हानोईमा आयोजित इन्टरनेशनल फेसन विक २०२६  मा सहभागिता जनाएका थिए।

१३ राष्ट्रका उत्कृष्ट प्रतिस्पर्धीहरूबीच सम्पन्न यस प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाली टोलीले उल्लेखनीय सफलता हासिल गर्दै नेपालको शिर विश्वमञ्चमा उच्च बनाएको छ।

उनीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास, अनुशासन तथा नेपाली कला–संस्कृतिको प्रभावशाली प्रस्तुतिमार्फत अन्तर्राष्ट्रिय दर्शक र निर्णायकहरूको प्रशंसा बटुल्न सफल भएका छन्।

आज हानोईमा सम्पन्न भएको यस अन्तर्राष्ट्रिय कार्यक्रमले नेपाली बालप्रतिभाको क्षमता र विश्वस्तरीय प्रतिस्पर्धा गर्ने सामर्थ्यलाई पुनः स्थापित गरेको छ।

यो उपलब्धि केवल सहभागीहरूको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपालको गौरव, सम्मान र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको उपलब्धि बनेको छ।

विश्वमञ्चमा नेपालको राष्ट्रिय झण्डा गर्वका साथ फहराउँदै देशको प्रतिष्ठा उँचो बनाउने सम्पूर्ण नेपाली टोलीप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

यस उपलब्धिबारे किड्स एण्ड क्विन नेपालका  नेशनल डाइरेक्टर मोनु शाहले जानकारी दिँदै नेपाली बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राखेकोमा गर्व व्यक्त गरेका छन्।

आगामी दिनमा पनि नेपाली प्रतिभालाई विश्वस्तरीय अवसर उपलब्ध गराउँदै नेपालको पहिचानलाई अझ सशक्त रूपमा विश्वसामु स्थापित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan