Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ जेठ २६ मंगलबार |

काठमाडौँ, २६ जेठ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गर्नुभएको छ ।

    सिंहदरबारस्थित मन्त्रालयमा उहाँहरूबीच भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध तथा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । 

    मन्त्री मेहताले भेटवार्ताका क्रममा सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै सोहीअनुरूप सहकार्यलाई प्राथमितकता दिनुपर्नेमा जोड दिनुभयो । 

    सो अवसरमा कार्यवाहक अर्बमले अमेरिकी सरकारले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उक्त भेटघाटका क्रममा अमेरिकी सरकारबाट नेपालमा सहयोग हुँदै आएका एचआइभी/एड्सको नियन्त्रण तथा रोकथाम, स्वास्थ्य  डिजिटलाइजेसन, टेलिमेडिसिन, ग्लोबल हेल्थ सेक्युरिटी तथा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरणलगायत विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan