Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुनाटपरी बेचेर आयआर्जन गर्दै महिलाहरु

न्यूजअभियान | प्रकाशित मिति : २०८२ कार्तिक ३ सोमबार | रासस

सुदूरपश्चिम, ३ कात्तिकः यहाँको धनगढी उपमहानगरपालिका–५ जाई गाउँकी सरिता चौधरीलाई धनगढी बजारमा हाट लागेको दिन दुनाटपरी बेच्न भ्याइनभ्याइ हुन्छ । 
  
सालको पात गाँसेर बनाइने दुनाटपरीको आम्दानीले उहाँ सन्तुष्ट हुनुहुन्छ । उहाँले भन्नुभयो, “दिनदेहाडी (दैनिक ज्याला) बराबरको रकम दुनाटपरी बिक्री गरेर भइहाल्छ, सीपको सदुपयोग गर्न सकेकोमा सन्तुष्ट छु ।” 
 
धनगढी उपमहानगरपालिकाको जाई जालीलगायतका चौधरी समुदायका महिलाहरु पछिल्ला वर्षहरुमा दुनाटपरी तयार पारी बिक्री गरेर मनग्गे आम्दानी लिइरहेका छन् । दुनाटपरी बेचेर एक महिलाले दैनिक कम्तीमा रु ५०० देखि बढीमा रु एक हजारसम्म कमाइ गर्छन् ।
 
धार्मिक एवं पूजाआजामा दुनाटपरीलाई शुद्ध एवं चोखो मानिन्छ । चौधरी समुदायले दुनाटपरीमा खानाका परिकार राख्न बढी प्रयोग गर्ने भएकाले पनि दुनाटपरी अतिरिक्त आम्दानीको स्रोत बन्दै गएको हो । 

चाडपर्व, मेला, महोत्सवमा दुनाटपरीको माग बढी हुने गरेको छ । “हाट बजार हाम्रा लागि दुना टपरी बेच्ने केन्द्र बनेकाले बजारको समस्या छैन”, अर्की महिला राममतिदेवीले भन्नुभयो, “महिलाहरु घरमा त्यसै बस्नुभन्दा हाटबजारमा पुगेर कमाइ गर्न सिकेका छौँ ।” 
   
धनगढी उपमहानगरपालिका कार्यालयले महिलालाई दुनाटपरी उत्पादन गरेर कारोबार गर्नका लागि मेसिन उपलब्ध गराए पनि मेसिनमार्फत तयार हुने दुनाटपरी ग्राहकले त्यति नरुचाउने गरेको स्थानीयको भनाइ छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan