Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुर्घटनामा एक जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार |

कपिलवस्तु, ३१ भदौः बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु प्र ०१–०१२ प १२६५ नम्बरको स्कुटर सोही दिशातर्फ जाँदै गरेको लु३त ७३८३ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको लु प्र०१–००९ प २४०२ नम्बरको स्कुटरसँग ठोक्किएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक रुपन्देहीको कञ्चन गाउँपालिका–५ भैसाहीका २७ वर्षीय रुद्रनारायण थारूको मृत्यु भएको हो । 

    दुर्घटनामा ट्रयाक्टर चालक बाणगङ्गा नगरपालिका–११ मैरीका ३५ वर्षीय बमबहादुर चौधरी र अर्को स्कुटरका चालक बाणगङ्गा नगरपालिका–८ बोडगाउँका ३५ वर्षीया रेखा घिमिरे घाइते भएका छन् । घिमिरेको युनाइटेड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan