वि.सं.२०७२ साल चैत्र ११ गते बिहीवारको राशिफल
आजको पञ्चाङ्ग सहित
आजको पञ्चाङ्ग : सृष्टितोगताब्दा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६, कलेर्गताब्दा ५ हजार १ सय १६ । श्री शालिवाहनीय शाके १ हजार ९ सय ३७ कीलक नामको संवत्सर । वि.सं. २०७२ चैत्र महिनाको ११ गते शनिवार । श्री सूर्य उत्तरायण वसन्त तु । चैत्र कृष्णपक्षको प्रतिपदा तिथि १८ः३६ बजेसम्म उपरान्त द्वितीया तिथी । हस्त नक्षत्र २०ः५६ बजेसम्म उपरान्त चित्रा नक्षत्र । बृद्धि योग ०८ः१२ बजेसम्म उपरान्त ध्रुव योग । आनन्दादि योगमा राक्षस योग । कौलब करण १८ बजेर ३५ मिनेटसम्म उपरान्त तैतिल करण ।
तदनुसार नेपालसंवत ११३६ चिल्लागा । योग संवत ३७ । ई.सं. २०१६ मार्च महिनाको २४ तारिख ।
आज आकाशमा : सूर्य मीन राशिमा । चन्द्रमा कन्या राशिमा । मङ्गल बृश्चिकमा । बुध मीन । बृहस्पति सिंहमा । शुक्र कुम्भमा ।शनि बृश्चिकमा । राहु सिंहमा र केतु कुम्भ राशिमा रहनेछन् ।
काठमाडौंमा आजको सूर्योदय अहिले बिहान ६ बजेर ०५मिनेटमा र सूर्यास्त साँझ १८ बजेर १७ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन पुरुषार्थिलो देखिएको छ । तथापि ग्रहको भूमिका केही बाधक रहेकोले केही उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ । उन्माद्लाई संयम गरेर समयको सदुपयोगपूर्वक स्वकर्ममा केन्द्रित हुनसकेमा केही कार्यहरु संपादन गर्न सकिनेछ । विपक्षीहरुको सम्झौता प्रस्तावलाई स्वीकार गर्नाले फाइदै हुनेछ । व्यवसायिक उन्नति हुन गई लक्ष्मीको कृपा प्राप्त हुने र आर्थिकभार हल्टो हुनेछ । आज यहाँलाई छ अंक, हरियो तथा निलो रङ्ग शुभ हुनेछ भने पितृसेवा एवम् स्मरणले पूण्य दिनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज ज्ञानक्षमताको प्रयोग गर्ने अवसरले युक्त भएकोले विद्यार्थीहरुको लागि दिन बढी अनुकूल सावित हुनसक्ने छ । आज तपाईको विद्याबुद्धिको मान्छेहरुले प्रशंसा पनि गर्ने छन् । शिक्षण, अध्ययन एवम् लेखनमा राम्रो प्रगति गर्नसकिने छ । सन्तानपक्षबाट पनि आज सकारकात्मक भूमिका निर्वाह हुनेछ । व्यवसायिक पक्षपनि मज्बुत बनेर आउनेछ । पाँच अंक, रातो रङ्ग आज यहाँलाई फाप सिद्ध हुनेछ । सन्तान अभाव वा दोष पर्नेहरुले निवारणको लागि गुरु बृहस्पति वा गुरुजनको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन बोली व्यवहारमा केही सावधानी अप्नाउनु पर्नेछ । वादविवाद तथा मनमुटाव जन्य प्रतिकूलताको सम्भावना रहेकोले होसियारी पुर्याउन जरुरी देखिन्छ । मानसिक सोँचमा पनि संकिर्णता बढ्नसक्ने छ भने स्वास्थ्यमा पनि केही मन्दि आउनसक्ने छ । पारिवारिक समस्या थपिने र गर्नलागेको काममा विलम्ब हुने सम्भावना देखिन्छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ । आज यहाँलाई आमा वा आमासमानकी मातृशक्तिको आर्शिवादले विघ्नबाधा हटाउन मद्दत गर्नेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आज उद्यमकार्य सम्पादन गर्ने दिन छ । पुरुषार्थ बढ्ने र कामकार्यमा निकै मनलाग्ने छ भने विशेष कार्यको योजना पनि बन्नसक्ने छ । अभिष्ट सिद्धि तथा स्फुर्तिकर ग्रहयोग परेको देखिन्छ, समयको सदुपयोग गरेर अर्थात उन्मादि फुर्तिलाई संयम गरेर अगाडि बढेमा बा“की रहेको कार्य पूर्ण गर्नसकिने छ भने महत्त्वपूर्ण कार्ययोजना तथा विचारविमर्श हुने र व्यवसायिक लाभ प्राप्त गर्नसकिने छ । आज यहाँले भैरवदेवको सेवा आराधना गर्नु थप सफलता कारक हुनेछ भने हरियो रंग र तेस्रो क्रमसँख्यालाई ग्रहण गर्नु उपयुक्त हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा कुन माङ्गलिक शुभकार्य हुनसक्ने तथा नयाँ कुटुम्बिक सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई राम्रो आर्थिक लाभ हुने तथा बैंकब्यालेन्स बढ्ने छ । समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने तथा उत्साह बढ्ने दिन छ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन खुशी एवम् उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थपिनसक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुनसक्ने छ । कार्यक्षेबाट हैसियत एवम् औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर एवम् समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ । यहाँहरुको लागि आज एक अंक, पहेंलो रङ्ग र गुरुजनको सेवाश्रद्धा उपयुक्त रहनेछ ।
तुला राशिः
तुला राशि हुनेहरुको लागि आजको दिन सामान्य कार्यलाई पनि बढी मेहनत गर्नुपर्ने दिन रहेको छ । विचार नपुर्याइजोशमा आएर कुनै पनि विषयको आसक्ति नगरेकै राम्रो हुनेछ । फजुल खर्च तथा यात्रा आदिलाई ग्रह स्थितिले प्रोत्साहन गरिरहेकोले सोँचविचार नगरी गरिएको कामले पश्चाताप पार्नपनि सक्नेछ ख्याल पुर्याउनु होला । यहाँको लागि आज ३ अंक र पहेंलो रंग हितकर हुनेछ भने नगरी नहुने कार्यमा सफलताको लागि कन्यालाई उपहार दिनुहोला । गुरु आज्ञा पनि विशेष हितकर हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज पेशा तथा व्यवसायिक कार्यबाट राम्रो आर्थिक लाभ गर्नसकिने छ । प्रतिस्पर्धामा विजय हात लाग्ने र प्रख्याति बढाउने ग्रहको बल मिलेको दिन छ । अध्यनअध्यापन एवं सन्तानको पक्षमा पनि सुधार आउने छ । अनावश्यक फुर्तिफातिलाई भन्दा दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने योजना बनाउनु तथा स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्ने छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग उपयुक्त हुनेछ भने माँ बगलामुखीको स्तुति वरदानतुल्य सावित हुनेछ ।
धनु राशिः
धनुराशि हुनेहरुको लागि आज औपचारिक मानसम्मानप्रद रहनेछ । नोकरी आदि पेशा र व्यापार व्यवसाय एवम् समाजसेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । राजनीतिमा पनि पदप्रतिष्ठा कायम हुनसक्ने छ । उच्चपदस्थ व्यक्तित्त्वसँग भेटघाट हुन तथा योजना आदि तर्जुमा गर्न सकिनेछ । कार्यक्षेत्रबाट यथोचित भौतिक लाभ हातपर्ने ग्रहयोग देखिन्छ । शिक्षा क्षेत्रमा पनि ग्रहले उपयुक्त भूमिका निर्वाह गरेको छ, समयको फाइदा लिनुहोला । यहाँलाई आज एक अंक, रातो रङ्ग र सरस्वती वा माँ वगलामुखीको श्रद्धाभक्ति हितकर हुनेछ ।
मकर राशिः
मकर राशि हुने व्यक्तिहरुको लागि आज अबरोध तथा अल्मलको बाबजुत पनि दिनलाई अनुकूल मान्न सकिन्छ । आध्यात्मिक सत्चिन्तन्को वातावरण बन्ने एवम् धार्मिक पक्षप्रति पलाएको नकारात्मक सो“च हटाउने अवसर मिल्ने छ । अपयशजन्य स्थितिलाई सामना गरी परास्त गर्नसकिने छ । रोकिएर रहेका काम अघि बढ्ने र पेशा तथा व्यवसायबाट लाभ हातपर्ने छ । औपचारिक कार्यमा संलग्न हुनपाइने छ । विरोधीपक्षसँग पनि समन्वय गर्न सकिने गोचर प्रतित भइरहेको देखिन्छ । आज यहाँलाई नौ अङ्ग, पहेंलो तथा रातो रङ्ग र विद्वानगुरुजनको आर्शिवाद लिनु शुभकर हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आज त्यति अनुकूल भइसकेको छैन । चन्द्रमा लगाएतका ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्य र आँटेताकेको कार्यलाई नकारात्मक असर पारि नै रहेको देखिन्छ । समयको प्रतिकूलतालाई बुझ्ने कोसिस गर्नुहोला अन्यथा पछुतो पनि पर्नसक्ने छ । खानपान तथा व्यवहारमा सावधानी अप्नाउँदै सामान्य दैनिकी कार्यमा संयमपूर्वक अगाडि बढ्न भने सक्नु हुनेछ । आज यहाँलाई आठ अंक, रातो रङ्ग शुभ रहनेछ भने रोगी तथा दीनदुखीको सेवा गर्नु र आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।
मीन राशि
मीन राशिका व्यक्तिहरुको लागि आज भौतिक एवम् पारिवारिक सुखले युक्त दिन रहनेछ । दाम्पत्य तथा प्रेम सम्बन्ध सार्थक बन्नसक्ने छ भने सम्बन्धितहरुको लागि विवाहको प्रस्ताव आउनसक्ने छ । तथापि कसैबाट हुने आवेगात्मक व्यवहारको सामना गर्नपर्ने पनि संयोग पर्नसक्ने छ । रमणीय स्थानको यात्रा हुने तथा आफन्तिजनलाई भेट्घाट गर्नपाइने सम्भावना पनि रहेको छ । पेशा तथा व्यवसायबाट यथोचित लाभ हुनेछ । आज यहाँलाई सात अंक, सेतो रङ्ग र गुरुजनको आर्शिवाद लिनु शुभ हुनेछ ।
आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। फेसबुक पेज : ज्योतीष दिपक गुरु
