मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु
नयाँदिल्ली, ३१ भदौ : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत तीन हप्तादेखि चलिरहेको जातीय द्वन्द्वका कारण भएको पछिल्लो झडपमा दुई जना महिलाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ । योसँगै यस आक्रमणमा नागरिक हताहतको सङ्ख्या १० पुगेको जनाइएको छ ।
सन् २०२३ देखि मणिपुरमा मुख्यतया हिन्दू बहुमत र यसको मुख्यतया इसाई कुकी अल्पसङ्ख्यकबीच अशान्ति भड्किएको छ, भने पछिल्लो समयामा हिंसात्मक रुप लिदै पछिल्लो समयमा नागा समूहसम्म फैलिएको जनाइएको छ ।
भूमि र राजनीतिक प्रभावमाथि प्रतिस्पर्धात्मक दाबीद्वारा भड्किएको द्वन्द्वका कारण २५० भन्दा बढीको ज्यान लिएको छ ।
राज्यको राजधानी इम्फालबाट करिब १५० किलोमिटर पश्चिममा रहेको तामेङलोङ जिल्लामा उनीहरूको घर नजिकै भएको आक्रमणमा दुई महिलाको मृत्यु भएको जनाइएको छ ।
मङ्गलबार दिउँसो दुई महिलाको हत्या भएपछि तामेङलोङमा बन्द जारी रहेको प्रहरी अधीक्षक लानमियो लुइखामले बताउनुभयो ।
लुइखामले यो आक्रमण मुख्यतया क्रिश्चियन नागा र कुकी समूहबीचको हालै भएकोे झडपसँग जोडिएकोसमेत उल्लेख गर्नुभएको छ ।
“हामीले अनुसन्धान र आवश्यक औपचारिकता पुरा गरिरहेका छौँ र यस क्षेत्रमा शान्ति कायम गर्नमा ध्यान केन्द्रित गरिरहेका छौँ” उहाँले भन्नुभयो ।
युद्धग्रस्त म्यान्मासँग सीमा क्षेत्र साझा भएको मणिपुर राज्यमा भएका तीनवटा छुट्टा–छुट्टै घटनामा आठ जनाको मृत्यु भएको केही दिनपछि यो आक्रमण भएको हो ।
सामान्य स्थिति पुनःस्र्थापना गर्न भारत सरकारले गरेका प्रयास केही मात्रामा मात्र सफल भएको जनाइएको ।
