Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकाद्वारा जातिय भेदभावमा सङ्लग्न दक्षिण अफ्रिकी अधिकारीमाथि नयाँ भिसा प्रतिबन्ध घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३१ बुधबार | (रासस/सिन्ह्वा)

वासिङ्टन, ३१ भदौ : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मङ्गलबार दक्षिण अफ्रिकी अधिकारीलाई जातिय विभेदमा संलग्न भएको आरोपमा भिसा प्रतिबन्ध लगाउने नयाँ नीति घोषणा गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिका दक्षिण अफ्रिकालगायत अफ्रिकी मुलुक र अन्य अल्पसङ्ख्यक जनसङ्ख्या विरुद्ध हुने जातीय विभेदपूर्ण अपराध र सरकारद्वारा प्रायोजित भेदभावको बारेमा गम्भीर रूपमा चिन्तित रहेको जनाइएको छ ।

जसमा जाति–आधारित भेदभावपूर्ण कानुन, क्षतिपूर्ति बिना भूमि कब्जा गर्ने धम्की, र अमानवीय मन्तव्य र नारामार्फत जातीय हिंसा भड्काउने क्रियाकलाप समावेश रहेको रुबियोले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

संयुक्त राज्य अमेरिकाले यसअघि नै दक्षिण अफ्रिकी नागरिकमा भिसा प्रतिबन्ध लागु गरिरहेको छ जसले क्षतिपूर्ति भूमि कब्जा, जातीय भेदभाव, वा अल्पसङ्ख्यक विरुद्ध हिंसा भड्काउन भुमिका खेलिरहेको छ ।

अफ्रिकन दक्षिण अफ्रिकाको एक सेतो जातीय समूह हो, उनीहरु मुख्यतया डच, फ्रान्सेली र जर्मन बसोबास गर्नेबाट आएका हुन् जो १७औँ शताब्दीदेखि केपमा आएका थिए ।

ट्रम्प प्रशासनले दक्षिण अफ्रिकी सरकारले श्वेत दक्षिण अफ्रिकीलाई दुव्र्यवहार गरेको आरोप लगाएको छ, जबकि दक्षिण अफ्रिकी सरकारले जग्गा जफत गरेको र मानिसलाई दुव्र्यवहार गरेको दाबीलाई अस्वीकार गरेको छ ।

सन् २०५ फेब्रुअरीमा, आफ्नो दोस्रो कार्यकाल सुरु भएको केही समयपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कथित जातीय भेदभाव र उत्पीडनलाई उद्धृत गर्दै दक्षिण अफ्रिकाबाट अफ्रिकीलाई शरणार्थीको रूपमा पुनःस्थापना गर्न सुविधा प्रदान गर्न अमेरिका सरकारलाई आदेश दिनुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan