सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार |
काठमाडौँ, १३ मङ्सिरः काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गतिविधिमा संलग्न १४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले आज उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा १३ महिला र एक पुरुष रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।
